आज विश्व वन्यजन्तु दिवस मनाइँदै


काठमाडौं

आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो ।

सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो ।

राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ ।

सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि  आवश्यक भएको छ ।

छुटाउनुभयो कि ?

फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौंफ्रान्समा गत साता भएको हिंसा र लुटपाटपछि महँगी तथा सरकारी सेवा कटौतीविरुद्ध शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको ...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थाला...
मौसम बदलीको संकेत: मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

मौसम बदलीको संकेत: मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

बुटवलजल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम ...
बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...