एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति


काठमाण्डौ – अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति सङ्केत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ ।

विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्डै पौने ७६ अर्ब रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाएको थियो ।

ती परियोजनामा नेपाल सरकारले एक सय ९७ मिलिअन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ । सन् २०२२ मा नेपालको प्रतिनिधिसभाले अनुमोदन गरेर त्यसको झन्डै डेढ वर्षपछि कार्यान्वयन शुरु भएको आयोजना नेपालमा ठूलो राजनीतिक विवाद ल्याएको आयोजना पनि हो । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...