राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन


काठमाडौँ

संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै बोर्डले त्यस्ता व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर, मर्चेन्ट बैंकरलगायतलाई निर्देशन दिएको हो । 

संयुक्त राष्ट्रसंघले आतंकवादी क्रियाकलाप, गैरकानुनी गतिविधिलगायतमा संलग्न व्यक्तिलाई विश्वव्यापी रूपमै प्रतिबन्ध लगाउने र त्यस्ता व्यक्ति वा संस्थाको सूची नियमित रूपमा प्रकाशन गर्छ । उक्त सूची हरेक देशको गृह मन्त्रालयले पनि नियमित रूपमा अद्यावधिक र प्रकाशन गर्दै आएको छ । बोर्डले त्यही सूचीमा रहेका व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न तथा सम्भावित त्यस्ता कारोबारको निगरानी गर्न भनेको हो ।

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ,’ बोर्डको निर्देशनमा भनिएको छ, ‘उक्त तथ्यांक (डेटाबेस) का आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा त्यससँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भए तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्नेछ ।’

धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्था पालना गर्न पनि बोर्डले निर्देशन दिएको छ । ‘आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शंकास्पद व्यक्तिका सम्बन्धमा वित्तीय जानकारी इकाइमा रिपोर्टिङ गर्नुपर्नेछ,’ बोर्डले भनेको छ ।

नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) नकारात्मक सूची ‘ग्रे लिस्ट’ मा परेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको हो । एफएटीएफको गत शुक्रबार साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको हो ।

नेपाल उक्त सूचीमा पर्ने भएपछि एफएटीएफकै सुझावअनुसार नकारात्मक सूचीबाट बाहिर निस्कन दुईवर्षे कार्ययोजना बनाएको छ । कार्ययोजनामा दुई वर्षभित्र एफएटीएफले तोकेका सर्त पालना गर्ने उल्लेख छ । कार्ययोजनाको एउटा बुँदामा संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा रहेका व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार रोक्का गर्ने उल्लेख छ ।

गत साता बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले पनि सबै नियामक निकायले यससम्बन्धी मार्गदर्शन जारी गर्ने निर्णय गरेको थियो । नकारात्मक सूचीबाट बाहिर निस्कन तयार पारिएको कार्ययोजना र समितिको उक्त निर्णयका आधारमा धितोपत्र बोर्डले उक्त निर्देशन जारी गरेको हो ।

छुटाउनुभयो कि ?

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...