स्थानीय

बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने

बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । मेलामा विविध पक्षहरूको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ । टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासँग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्नेछ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारीमुलक हुनुपर्नेछ । ...
गुल्मी बलिथुममा रहेको पुस्तौं पुरानो ढुंगेकोलले सम्झाउछ ईतिहास ।।

गुल्मी बलिथुममा रहेको पुस्तौं पुरानो ढुंगेकोलले सम्झाउछ ईतिहास ।।

Breaking news 2, समाचार, स्थानीय
गंगु कुँवर मगर , गुल्मीगुल्मीदरबार गाउँपालिका वडा नं.-१, बलिथुम गुल्मीमा रहेको पुस्तौं पुरानो ढुंगेकोलको संरक्षणले पुर्खाको चिनारी र झझल्को दिए पनि नयाँ पुस्तामा भने खासै चासो देखिएको छैन ।उक्त ढुंगे कोलको बारेमा अस्पष्ट हुनु र ढुंगे कोलको प्रयोग, प्रयोग गर्ने सामाग्री बारे जानकारी नहुनु , वास्तविकता थाहा नपाउनुले पनि नयाँ पुस्तामा खासै मोह नदेखिएको हो । गाउँघरबाट अहिले काठका कोलहरू नै लोप हुने अवस्थामा पुगेको बेला सो पुस्तौं पुरानो ढुंगे कोल संरक्षण हुनुले भने पूर्खाको चिनारी ताजै रहेको छ ।बलिथुमका विभिन्न शाखा मोटरबाटो खोल्ने क्रममा नेटा, साल्धारा, टापू हुँदै रैनादी जोड्ने मोटर बाटो अन्तर्गत साबिकको वडा नं.-१,टापूमा उक्त सदियौं पुरानो ढुंगेकोल भेटिएको थियो । तर भेटिएको वर्षौं बितिसक्दा पनि बेवास्ताका कारण बाटोमै अलपत्र परेको थियोे । दशकौं देखि बेवारिसे बनेको उक्त कोलको २०७६ सालमा वड...
शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगर वार्ड नं ८ सुक्खानगरमा अवस्थित शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न सधारणसभामा बोल्दै बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख,अधिकृत गुणाखर खानालले अहिले विभिन्न स्थानमा सहकारीमा विकृति देखिएता पनि बुटवल उपमहानगरपालिका मातहतमा चलेका १ सय ३३ सहकारीको अवस्था राम्रो रहेको बताए । उनले संघ र प्रदेश मातहतका सहकारीहरूमा विकृति बढी देखिएको बताए । उक्त सहकारी साने भएता पनि वचत र लगानिका हिसावले उत्कृष्ट रहेकाेमा सञ्चालक तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिए। उनले सहकारीमा सदस्यता लिँदा आगन्तुकहरू सञ्चालक नभएको स्थानीयहरू नै सञ्चालक रहेको सहकारीमा बुझेर मात्र सदस्यता लिन आग्रह गरे। उनले सहकारी राम्रो बनाउन सदस्यहरु व्यवस्थापन र सञ्चालक...
भेडा सग रमाउदै, रेसुङ्गाका पाखापखेरा सग मितेरी लगाउदै बित्यो  हिराबहादुरको जिवन

भेडा सग रमाउदै, रेसुङ्गाका पाखापखेरा सग मितेरी लगाउदै बित्यो  हिराबहादुरको जिवन

Breaking news 2, अन्तर्वार्ता, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, स्थानीय
गंगु कुवँर मगर / गुल्मीहामी त्यहाँ पुग्दा हिराबहादुर भेडासँगै गल्थुङ्ग भिरमा हुनुन्थ्यो । एक हातमा लट्ठी लिएर एक तकले भेंडा नियाल्दै हुनुहुन्थ्यो । उमेरले ७८ वर्ष बित्दै गरे पनि जंगल जंगलमा गएर भेडा चराउँनु उहाँको दिन चर्या हो । न त कुनै चाड पर्व न त कुनै हुरी बतास खडेरी पानी । समय भयो त भेडासँगै जंगल पुगिहाल्नुहुन्छ उहाँ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.-१४, रातामाटाका हिराबहादुर सर्तुङ्गी विगत ७३ वर्ष अघि देखि यही भेंडा चराउँदै आउनुभएको छ । रेसुङ्गा अन्तर्गतका कुलो भञ्ज्याङ्ग , पन्चासे, साउने , रेसपोखरा, ढावडांडा, खहरे, गोठार, पुरन पानी , गल्थुन्ङ लगायतका चरन क्षेत्र उहाँका दैनिकी हुन् । बिहान १० बजिसक्दा उहाँ जंगल पुगिहाल्नुहुन्छ । बेलुकी ०५ बजे घरमा फर्किदा घाँस दाउरा वा अन्य केहि न केही बोकेर पुग्नुहुन्छ । अहिले भने पत्नी रैमता सर्तुङ्गीको निधनले आफू विक्षिप्त बनेको र त्यति ज...
पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ६ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने हुनु भएको छ । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उहा लुम्बिनी आउने कार्यक्रम रहेको पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक  हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिनु भएको छ । ...
सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
६ मंसिर । सरकारको पहलमा करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको छ ।सहकारी ठगहरुमाथि कारवाही अगाडि बढिरहेको सन्दर्भमा सरकारले सहजीकरण गर्दै करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको हो । एकलाख भन्दा कम बचत गरेका पीडितहरुबाट बचत रकम फिर्ता भैरहेको सत्तारुढ एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । अहिले सम्म सरकारको पहलमा १० हजार मध्ये ६ हजारको पूर्ण र चार हजारको आंशिक बचत फिर्ता भैसकेको र अन्य पीडितहरुको पनि क्रमशः बचत फिर्ता हुँदै जाने ज्ञवालीले जानकारी दिनु भएको हो । सरकारले करिव ६०० सहकारी ठग्नेहरुमाथि नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइरहेको छ । ...
जनताको करको सदुपयोग हुनुपर्छ : रुरुक्षेत्र गाउँपालिका गुल्मीका उपाध्यक्ष मिनादेवी गौतम

जनताको करको सदुपयोग हुनुपर्छ : रुरुक्षेत्र गाउँपालिका गुल्मीका उपाध्यक्ष मिनादेवी गौतम

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमले जनप्रतिनिधिले आफ्नो हैसियत भुलेर आफ्नो कार्यकालमा जनताको करबाट आएको सरकारको कोषबाट अनावश्यक भोग विलासमा रमाउन नहुने बताइन्। सञ्चारपत्र सँगको कुराकानीमा उनले जनताको नासो जनतालाई नै उपलब्ध गराउने हिसाबले आफूले पालिकामा गतिविधि गरिरहेको बताइन्। उनले रुरुक्षेत्रले आफ्नो कार्यकालमा गाउँपालिका प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाह गरेको ,पालिकामा आवश्यक स्थानमा स्वास्थ्य चौकी १५ शैयाको भवन निर्माण भइरहेको बताइन् , साथै स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराएको बताइन् । उनले आवश्यक सडक विस्तार स्वरुप रिङरोड कालोपत्रे गरेको ,आवश्यक सडकहरूको पहुँच नागरिकका टाेलटोलमा पुर्‍याएको ,पक्की पुल लगायतका सडक सञ्जाल विस्तार गरेको वताईन् । सिंचाई सुविधाका लागि विभिन्न स्थानमा सिंचाई योजना सम्पन्न गरेको ,कृषकको सेवाका लागि कोल्डस्टोर ...
विस्तृत शान्ति सम्झौताको १९ वर्ष : सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन

विस्तृत शान्ति सम्झौताको १९ वर्ष : सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ – विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । सम्झौताअनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो । लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन ...
प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद

प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
Welcome Narayan Prabhat MarasiniMy ProfileLogout ४ मंसिर २०८१, मंगलबार https://www.onlinekhabar.com/markets/components/trending प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद 0 40Shares  अनलाइनखबर  २०८१ मंसिर ४ गते १७:३५ ४ मंसिर, काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग पुष्टि गरे । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्...
दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

Breaking news 1, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
४ मंसिर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । ...