बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने


बुटवल
बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो ।

मेलामा विविध पक्षहरूको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ । टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासँग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्नेछ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारीमुलक हुनुपर्नेछ ।

टिकटक बनाउँदा एकल, समुह वा परिवारमा नाच, लिपसिंङ, एक्टिङ वा अन्य प्रस्तुती गरेर पनि बनाउन सकिनेछ । पोष्ट गर्दा ‘बुटवल मेला २०८१’ वा ‘मेला २०८१’ लेखेर पोष्ट गर्नुपर्नेछ । तर कानुनले निशेध गरेका कुराहरूलाई टिकटकको कन्टेन्ट बनाउन पाईने छैन । प्रतियोगितामा पहिलो दर्ताको आधारमा ५० जनालाई सहभागि गराईने जानकारी दिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...