विस्तृत शान्ति सम्झौताको १९ वर्ष : सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन


काठमाण्डौ – विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । सम्झौताअनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो ।

लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्‍यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए ।

दुवै आयोगले पीडितको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेनन् । लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो अहिले पनि छ ।

बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्ने, घाइतेको उपचार र क्षतिपूर्ति, पीडित परिवारको जीविका, स्वास्थ्य, शिक्षालगायतका विषयमा अपेक्षित काम हुन नसकेको गुनासो छ ।

सरकारले पछिल्लो पटक २०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा आयोगमा पदाधिकारी सिफारिस गर्न लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रियालाई अगाडि बढाएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ । अहिले आवेदनको प्रक्रिया चलिरहेको छ । पछिल्लो पटक राजनीतिक सहमतिका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण भएकाले अब भने पीडितले न्याय पाउने आधार तय भएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया शान्ति प्रक्रियाको बाँकी रहेको काम निष्कर्षका पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताउनुहुन्छ । 

छुटाउनुभयो कि ?

गुरु पूर्णिमा र यसको महत्व

गुरु पूर्णिमा र यसको महत्व

बुटवल विषेशत: अषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट ...
संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

काठमाडौँप्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै ...
प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

बुटवलसुनसरीको देवानगञ्ज घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा संयमता अपनाउन आग्रह गरेका छन् । उनले मंगलबार मध्यरात...
लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...