गुल्मी बलिथुममा रहेको पुस्तौं पुरानो ढुंगेकोलले सम्झाउछ ईतिहास ।।


गंगु कुँवर मगर , गुल्मी
गुल्मीदरबार गाउँपालिका वडा नं.-१, बलिथुम गुल्मीमा रहेको पुस्तौं पुरानो ढुंगेकोलको संरक्षणले पुर्खाको चिनारी र झझल्को दिए पनि नयाँ पुस्तामा भने खासै चासो देखिएको छैन ।
उक्त ढुंगे कोलको बारेमा अस्पष्ट हुनु र ढुंगे कोलको प्रयोग, प्रयोग गर्ने सामाग्री बारे जानकारी नहुनु , वास्तविकता थाहा नपाउनुले पनि नयाँ पुस्तामा खासै मोह नदेखिएको हो । गाउँघरबाट अहिले काठका कोलहरू नै लोप हुने अवस्थामा पुगेको बेला सो पुस्तौं पुरानो ढुंगे कोल संरक्षण हुनुले भने पूर्खाको चिनारी ताजै रहेको छ ।
बलिथुमका विभिन्न शाखा मोटरबाटो खोल्ने क्रममा नेटा, साल्धारा, टापू हुँदै रैनादी जोड्ने मोटर बाटो अन्तर्गत साबिकको वडा नं.-१,टापूमा उक्त सदियौं पुरानो ढुंगेकोल भेटिएको थियो । तर भेटिएको वर्षौं बितिसक्दा पनि बेवास्ताका कारण बाटोमै अलपत्र परेको थियोे । दशकौं देखि बेवारिसे बनेको उक्त कोलको २०७६ सालमा वडा कार्यालयले संरक्षण गरेको हो । आ.व.०७६/०७७ को ५० हजार विनियोजित रकमबाट उक्त कोलको संरक्षण गर्ने गरि वडा कार्यालय नजिकै राखिएको र यसलाई थप पूर्णता दिन भने नसकिएको तत्कालीन वडा अध्यक्ष रामबहादुर पल्लीले बताउनुभयो । उहाँले भन्नुभयो – यसको इतिहास खोज अनुसन्धान गरि ढुंगे कोलको बारेमा इतिहास लेख्न सकियो भने केहि हदसम्म पूर्णता पाउने थियो । अझ रङ्ग रोगन गरेर होर्डिङ बोर्ड सम्म लेखाउने मेरो इच्छा छ । यति भयो भने अबको पुस्ताले धेरै कुरा थाहा पाउने थिए , ति काम पनि गर्न बांकी छ । त्यस्तै त्यसको इतिहास खोज अनुसन्धानको लागि आफू तयार भएको र स्थानीय बुढा पाकासंगको सोधपुछबाट धेरै कुरा बुझ्न सकिने र उक्त कोलको बारेमा वास्तविक कुरा बाहिर आउने हुँदा सबै कुरा बुझेर त्यसको थप संरक्षणमा वडा कार्यालय लाग्ने वडा अध्यक्ष राजेन्द्र कंडेलले बताउनुभयो।
पुराना पुस्ताहरूले तेलहन जन्य वस्तुहरू पेल्नको लागि काठको कोल निर्माण गर्नु अघि यहि ढुंगे कोल प्रयोग गर्ने गरेको हुन सक्ने स्थानीय १०२ वर्षीय इन्द्रबहादुर खत्रीले बताउनु हुन्छ ।तर आफूले उक्त ढुंगे कोलमा तेलहन जन्य वस्तुहरू पेलेको भने नदेखेको र आफूले थाहा पाउँदा काठको कोल आइसकेको पनि उहाँ बताउनु हुन्छ । त्यस्तै आफू तोरी पेल्नको लागि साविक गण्डकी भनिने हालको रिडितिर जाने गरेको पनि उहाँले सुनाउनु हुन्छ । त्यसकै बारेमा बुझ्दा वडा कार्यालय बलिथुमका पूर्व कार्यालय सहयोगी टिकाराम पराजुलीका अनुसार – सो ढुंगे कोल मा तेलहन पेल्नको लागि ढुंगै ढुंगाको सामाग्री प्रयोग गर्ने गरेको आफूलाइ बुढा पाकाहरूले सुनाएको बताउनुहुन्छ ।
साविकको वडा नं.-९, नेटा माइडांडामा भेटिएको ढुंगे कोल स्थानीयले धारा निर्माण गर्ने क्रममा फुटाए पछी भने हाल अहिले यही एउटा मात्र ढुंगे कोल पाइएको छ ।
काठ हुँदाहुँदै ढुंगा नै किन प्रयोगमा ल्याए ? कसरी प्रयोग गर्थे ? अझ सम्म उत्तर चाहिँ अन्योलमै छ । तर
काठकाकोल हरू लोप हुँदै जाँदा ढुंगे कोलको संरक्षणले नयाँ पुस्ता बीच केहि हदसम्म भए पनि पूर्खाका चिनारी र झझल्को रहिरहनेछन् । मेटिन भने पाउने छैनन् ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई प...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेख...
हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति...