स्थानीय

निषेधाज्ञा हटेसँगै धरानमा बिहानैदेखि चहलपहल

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ । हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयरदेखि अहिलेका मेयर हर्क साम्पाङ ...
नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
२५ साउन, काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो ।नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ ।रुपन्देहीको लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ । लुम्बिनीमा २४ घण्टाको अवधिमा १४२.६ मिलिमिटर र बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ ।यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२, कपिलवस्तुको तौलिहवामा ८६.८, नवलपुरको दुम्कौलीमा ६४.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ ।ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान...
सामाजिक सञ्जाल नियमनको गृहकार्य, अभिव्यक्ति स्वतन्त्रता खुम्चिने चिन्ता

सामाजिक सञ्जाल नियमनको गृहकार्य, अभिव्यक्ति स्वतन्त्रता खुम्चिने चिन्ता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, समाज, स्थानीय
२५ साउन, काठमाडौं । सरकारले सामाजिक सञ्जालमा आउने अभिव्यक्ति, सामग्री र त्यसमार्फत हुने गतिविधिहरुलाई निगरानी गर्न छुट्टै कानुन निर्माणको गृहकार्य थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो कानुन निर्माणका लागि एक कार्यदल नै बनाएर तयारी सुरु गरेको छ ।मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नेत्रप्रसाद सुवेदी संयोजकत्वको कार्यदलले सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गर्न गठित समितिले अध्ययन, छलफल र मस्यौदा तयारी लगायतका काम गर्नेछ ।मन्त्रालयका प्रवक्ता तथा सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण लागि गठित समितिका संयोजक सुवेदी कानुन ल्याउने गृहकार्य स्वरुप ठाउँ-ठाउँमा छलफल सुरु गरिसकेको बताउँछन् । ‘केही छलफल भएका छन्, धेरै सम्वाद गर्न बाँकी छन्, विज्ञहरु संलग्न गराएर राय सुझाव लिइनेछ, अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनेछ,’ उनले भने, ‘देशभित्रको संविधान र कानुनले दिएको अभिव्यक्ति ...
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, स्थानीय
२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ ।ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह ) बाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु गराउनु भ...
सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा, अभियुक्त सीआईबीको हिरासतमा

सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा, अभियुक्त सीआईबीको हिरासतमा

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ । आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अनुसार फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।राजस्व अनुसन्धान विभागले आइतबारमात्र यो प्रकरणको सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । २ साउनमा विभागले त्रिभुवन विमानस्थलबाहिरबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।सो प्रकरणमा विभागले राजस्व चुहावट कसुरमा अनुसन्धान गरिरहेको थियो । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए । ...
जिबराज आश्रितको स्मृति सभा उहांको जन्म ठाउंमा सम्पन्न

जिबराज आश्रितको स्मृति सभा उहांको जन्म ठाउंमा सम्पन्न

ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, १९ साउन । नेकपा एमालेका चार कमिटीहरुको संयुक्त आयोजनामा जिबराज आश्रितको ८० औ समृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। बिहिबार नेकपा एमाले मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी गाउँकमिटीले एमालेका कुशल संगठक आश्रितको स्मृति सभा जन्मस्थान हरेवामा आयोजना गरेका थिए। चन्द्रकोट गाउँकमिटी अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र एमाले गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा थापाले टेलिफोनबाट कार्यक्रमलाई संबोधन गरेका थिए । त्यस्तै केन्द्रिय सदस्य गणेश खनाल र जंग नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, मुसिकोट नगरपालिका प्रमुख जिवन खरेल, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामु, कांग्रेस चन्द्रकोट कार्यसमिति सभापति बिष्णु भण्डारी, माओवादीका चन्द्रकोट गाउँकमिटी सचिव गोकर्ण शर्मा र रास्वपा चन्द्रकोट सल्लाहकार जागे...
‘अहिले चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छ’

‘अहिले चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छ’

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छाैँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ । किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएकाे छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार...
क्रसर उद्योगीहरु अन्दोलित : आजदेखि आपूर्ति बन्द गर्ने

क्रसर उद्योगीहरु अन्दोलित : आजदेखि आपूर्ति बन्द गर्ने

ताजा अपडेट, समाचार, स्थानीय
बुटवल। आन्दोलित बनेका क्रसर उद्योगीहरुले आज शनिबारदेखि ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा आजदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको हो । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो । गत ३ असारमा नै महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले निर्णाय गरेर पनि सरकारले सहमती कार्यान्वयन नगरेपछि आन्दोलनमा जानमा जानुपरेको बताउँछन् । पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर ...
तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी,  सचेत रहन आग्रह

तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी, सचेत रहन आग्रह

Breaking news 1, ताजा अपडेट, माैसम, स्थानीय
१६ असार बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको छ । तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। विनयी लगायत स साना खोलाहरूको बहाव बढ्ने बताइएको छ । नदी तटीय क्षेत्र र यात्रामा निस्किनेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ। ...
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 1, माैसम, समाचार, समाज, स्थानीय
काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ । आज देशभरको मौसम बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने तथा बाँकी कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ...