रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश


काठमाण्डाै – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ ।

न्यायाधीश नितीज राईको इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएकाे थियाे ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएकाे थियाे ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको छ । लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

छुटाउनुभयो कि ?

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...