गुल्मीको मालिकामा माघी मेला सुरु


गंगु कुँवर मगर / गुल्मी
जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिले लेकपोखरा क्षेत्रमा आजदेखि बृहत् मेला लाग्ने भएको छ ।
धार्मिक , ऎतिहासिक , साँस्कृतिक तथा पर्यटकीय धरोहरको रूपमा रहेको लेकपोखरा क्षेत्रमा माघेसन्क्रान्तिको अवसर पारेर आज पौष २७ गते देखि माघ १ गते सम्म बृहत् मेला लाग्ने भएको हो । उक्त क्षेत्रको पोखरीमा स्नान गर्न र मेला भर्न तिर्थालुहरू मालिका गाउँपालिका ,तथा छिमेकी इस्मा गाउँपालिका , धुर्कोट गाउँपालिका लगायत गुल्मीका विभिन्न स्थानहरू साथै प्युठान , अर्घाखाँची , पाल्पा र बाग्लुङ जिल्लाबाट समेत हजारौ तिर्थालुजनको घुइँचो लाग्ने गरेको समितिका अध्यक्ष चन्द्र बहादुर महताराले जानकारी दिनुभयो।
लेकपोखरा क्षेत्रको पहिचान इतिहास अनुसार वि .सं. १८१२ मा गुल्मी बलेटक्सार निवासी ज्ञवाली तपस्वी बालानन्द गुरु ले एउटा चिम्टा को प्रयोग गरि जंगल मा बास बसि करिब १ बर्ष सम्म कन्दमुल खाएर लगातार पोखरी खनी चार धाम बाट जल ल्याइ? मिसाइएको हुँदा यस क्षेत्रमा भक्त जनहरूको उल्लेखनिय उपस्थिति दिनप्रतिदिन बढी रहेको मालिका गाउँपालिका वडा न . ५ का वडा अध्यक्ष रेखा कुमार जि. सी. ले बताउनुभयो। उहाँका अनुसार यहाँको पोखरीमा स्नान गरि वर माग्नाले मनले इच्छाएको कुरा पूरा हुनुको साथै पाप समेत नष्ट हुने धार्मिक विश्वास रहि आएको छ । मेलाको अवसरमा गुल्मी जिल्ला भित्रका खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता ,सम्मान कार्यक्रम ,पन्चे बाजाको प्रस्तुति , भैली, लोकदोहोरी, भजन कृर्तन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सङ्गै विभिन्न प्रतियोगितात्मक कार्यक्रम रहने आयोजकले बताएको छ।
समितिले मेलामा आई धार्मिक दर्शनसँगै मोक्ष प्राप्त गर्न र रमणीय स्थानहरूको भरपुर मनोरञ्जन लिन समेत आग्रह गरेको लोकेश गिरिले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...