स्थानीय

बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल,२५ साउन ।गुल्मीदरबार गाउँपालिका स्थायी बासिन्दाले बुटवलबाट भत्ता नविकरण गर्न पाउने भएका छन् । गुल्मीदरबार गाउँपालिकाको आयोजनामा बुटवलबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण गर्न लागेको अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । हामी तीन दिनको घुुम्ती सेवा लिएर बुटवल आएका छौँ । स्थायी ठेगाना गुल्मीदरबार भई विभिन्न कारण बुटवल बस्दै आउनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले सेवा लिन थापाले अनुरोध गरे ।सामाजिक सुरक्षा नविकरण बायोमेट्रीक मार्फत गरिन्छ । जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले सेवा लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत भेष राज घिमिरेले जानकारि दिए । हामी बुटललको ईट्टा भट्टिमा रहेको हईट पाण्डामा शिविर राखेका छौँ आएर सेवा लिन सक्नुहुन्छ घिमिरेले भने ।सेवा विहान ८ बजेबाट सुरु भै साझ ६ बजे सम्म उपल्बध हुने छ । स...
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बुटवलमा सम्पन्न पदस्थापन कार्यक्रममा वाेल्दै नवनिर्वाचित अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीले समाजले अग्रजहरुले गरेका कामहरुकाे प्रसंसा गर्दै समाजले रुपन्देहीमा बसाेबास गर्ने बलेटक्सारेली र बलेटक्सारका सुख-दु:खकाे सारथि बन्ने घाेषणा गरे।ज्ञवालीले निर्वाचित गराउन सहयाेग गर्ने पुर्व अध्यक्षहरु,सल्लाहकारहरु र समाजमा आवद्द सवैलाई कार्यसमितिको तर्फबाट धन्यवाद दिए।नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवाली, पुर्व अध्यक्षहरु हेमबहादुर थापा ,वीरबहादुर क्षेत्री निवर्तमान अध्यक्ष कपिल ज्ञवाली , पुर्ब महिला उपाध्यक्ष बिन्दु गौतम, पुर्वसचिव डिल्लीराज गाैतम ,सल्लाहकार लक्ष्मण ज्ञवाली लगायतले कार्यसमिति लाई वधाई तथा शुभकामना दिएका थिए। ...
गाईजात्रा पर्वको दिन बुटवलमा सार्वजनिक विदा

गाईजात्रा पर्वको दिन बुटवलमा सार्वजनिक विदा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिकाले आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । शुक्रबार एक सुचना जारी गरि यही साउन २५ गते आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको हो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सुचनामा गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा दिइएको जनाउँदै उक्त दिन उपमहानगरपालिका मातहतका वडा कार्यालयहरू बन्द रहने जनाइएको छ । ...
स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी

स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको दिप बोर्डिङ हाइ स्कुल स्थापनाकालदेखि ४५ वर्षसम्म निरन्तर देशकै उत्कृष्ट नतिजा हासिल गरी अब्बल रहेको विद्यालयले बताएको छ।२०८१ मा कक्षा १२ को नतिजामा ३.९६ जिपिए सहित उत्कृष्टता हासिल गरेको छ। सोही अवसरमा विद्यालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत संस्थागत विद्यालयहरूमा आफ्नो विद्यालयले देशमै उत्कृष्ट नतिजा ल्याएको बताएको छ।विद्यालयले २०८१ को कक्षा १२ को परीक्षामा १७८ जना विद्यार्थी सहभागी रहेको र नतिजा राम्रो ल्याउन सफल भएको बताएको छ।३.९६जीपीए ल्याउने विद्यार्थी सञ्जोग राज भण्डारी र ३.९५ जीपीए ल्याउने उत्सव राज भट्टराई रहेका छन्।त्यसैगरी दीप बोर्डिङले २०८१ को एसईईमा सक्रिना कुँवर र सुधांसु शेखर झालेसमेत ४ जीपीए प्राप्त गरी अन्य विद्यार्थी समेत उत्कृष्ट जिपिए ल्याई देशकै अब्बल विद्यालयको रूपमा रहन गएको जनाएको छ।विद्यालयले अध्ययनसँगै व्यावहारिक शिक्षा पनि प्रदान गर्दै आएको छ।...
लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उनले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए । उनले भने, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताए । उनले भने, “लुम्बि...
गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज, स्थानीय
बुटवल गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ। सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ। ...
नियत राम्रो राखेको छु नतिजा राम्रो आउनेछ: प्रमुख जिल्ला अधिकारी पाण्डे

नियत राम्रो राखेको छु नतिजा राम्रो आउनेछ: प्रमुख जिल्ला अधिकारी पाण्डे

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले आफूले नियत राम्रो राखेकोले जिल्लावासीको साथ सहयोगले नतिजा राम्रो आउनेमा विश्वस्त रहेको बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय भैरहवामा पत्रकारसँगको परीचयात्मक कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो सेवा प्रवाहमा रुचि भएकोले जिल्लाको सुशासन र सेवा प्रवाहमा राम्रो परिणाम आउनेमा विश्वस्त रहेको बताए। उनले नियमसंगत हुने कामहरूलाई दुःख नदिने र गर्न नमिल्ने कामलाई भनीसुनिएका आधारमा नगर्ने बताए । रुपन्देही नेपाल -भारतको सिमा क्षेत्र भएकाले सिमा क्षेत्रमा हुनसक्ने विकृतिमा चनाखो भई लाग्ने बताए। सँगै रूपन्देही हरेक हिसाबले देशकै महत्वपूर्ण जिल्ला भएकोले सोही अनुसार कार्य सम्पादन गर्ने बताए।उनले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुने मिति तय भइसकेकोले निर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष र भयरहित वाताव...
गुल्मीमा अविरल वर्षा, मुसिकोटमा गोठ भत्किँदा पशुचौपाया मरे, परिवार विस्थापित

गुल्मीमा अविरल वर्षा, मुसिकोटमा गोठ भत्किँदा पशुचौपाया मरे, परिवार विस्थापित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी : गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा विपद्का घटना घटेका छन्। जिल्लाको मुसिकोट नगरपालिका–१ रगनाममा गोठ भत्किँदा पाँचवटा पशुचौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अविरल वर्षाका कारण ६६ वर्षीय जयबहादुर थापाको ढुंगा-माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ सोमबार बिहान करिब ११ बजे भत्किँदा गोठभित्र रहेका ३ गाई,१ बाच्छा र १ बाख्रा पुरिएर मृत्यु भएको हो। घटनापछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार कार्य जारी छ। सोमबार बिहान करिब साढे ३ बजेतिर पहिरो जाँदा  चन्द्रकोट गाउँपालिका–१ सराङस्थित दिब्रुङ स्वास्थ्य चौकीको सुत्केरी स्याहार कक्ष पूर्णरूपमा क्षति भएको छ। मानवीय क्षति नभए पनि भवनको पछाडिको भागमा ठूलो क्षति पुगेको इला...
अविरल वर्षाका कारण गुल्मीमा दुई मुख्य सडक पूर्णरूपमा अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीमा दुई मुख्य सडक पूर्णरूपमा अवरुद्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
गुल्मी गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीका दुई प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक खण्डमा सवारी आवागमन ठप्प बनेको हो। कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे भन्ने स्थानमा सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा दिउँसोदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पहिरोका कारण बुटवल, पाल्पा, र गुल्मी हुँदै बागलुङ जोड्ने यो महत्वपूर्ण सडक खण्ड प्रभावित भएको छ। यस्तै, जिल्लाको अर्को मुख्य सडक रिडी–वामीटक्सार खण्ड पनि बन्द भएको छ। सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आ...
यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पतालमा एक्सरे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।  अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी महिलालाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  ...