अविरल वर्षाका कारण गुल्मीमा दुई मुख्य सडक पूर्णरूपमा अवरुद्ध


गुल्मी

गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीका दुई प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक खण्डमा सवारी आवागमन ठप्प बनेको हो।

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे भन्ने स्थानमा सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा दिउँसोदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोका कारण बुटवल, पाल्पा, र गुल्मी हुँदै बागलुङ जोड्ने यो महत्वपूर्ण सडक खण्ड प्रभावित भएको छ।

यस्तै, जिल्लाको अर्को मुख्य सडक रिडी–वामीटक्सार खण्ड पनि बन्द भएको छ। सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि त्यस क्षेत्रमा चल्ने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्।
रिडी हुँदै बुटवल जाने तथा वामीटक्सार–बुर्तिबाङतर्फ गइरहेका यात्रुहरू बाटोमै अलपत्र परेको प्रहरीले जनाएको छ।

प्रहरीले जोहाङ्ग, खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरेर अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म मौसममा सुधार नआएकाले पहिरो पन्छाउन समस्या भइरहेको जनाइएको छ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...