अविरल वर्षाका कारण गुल्मीमा दुई मुख्य सडक पूर्णरूपमा अवरुद्ध


गुल्मी

गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीका दुई प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक खण्डमा सवारी आवागमन ठप्प बनेको हो।

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे भन्ने स्थानमा सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा दिउँसोदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोका कारण बुटवल, पाल्पा, र गुल्मी हुँदै बागलुङ जोड्ने यो महत्वपूर्ण सडक खण्ड प्रभावित भएको छ।

यस्तै, जिल्लाको अर्को मुख्य सडक रिडी–वामीटक्सार खण्ड पनि बन्द भएको छ। सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि त्यस क्षेत्रमा चल्ने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्।
रिडी हुँदै बुटवल जाने तथा वामीटक्सार–बुर्तिबाङतर्फ गइरहेका यात्रुहरू बाटोमै अलपत्र परेको प्रहरीले जनाएको छ।

प्रहरीले जोहाङ्ग, खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरेर अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म मौसममा सुधार नआएकाले पहिरो पन्छाउन समस्या भइरहेको जनाइएको छ।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...