गुल्मीमा अविरल वर्षा, मुसिकोटमा गोठ भत्किँदा पशुचौपाया मरे, परिवार विस्थापित


गुल्मी : गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा विपद्का घटना घटेका छन्। जिल्लाको मुसिकोट नगरपालिका–१ रगनाममा गोठ भत्किँदा पाँचवटा पशुचौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अविरल वर्षाका कारण ६६ वर्षीय जयबहादुर थापाको ढुंगा-माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ सोमबार बिहान करिब ११ बजे भत्किँदा गोठभित्र रहेका ३ गाई,१ बाच्छा र १ बाख्रा पुरिएर मृत्यु भएको हो। घटनापछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार कार्य जारी छ।

सोमबार बिहान करिब साढे ३ बजेतिर पहिरो जाँदा  चन्द्रकोट गाउँपालिका–१ सराङस्थित दिब्रुङ स्वास्थ्य चौकीको सुत्केरी स्याहार कक्ष पूर्णरूपमा क्षति भएको छ। मानवीय क्षति नभए पनि भवनको पछाडिको भागमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ। पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक डीएसपी गंगा बहादुर सारुले जानकारी दिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...