गुल्मीमा अविरल वर्षा, मुसिकोटमा गोठ भत्किँदा पशुचौपाया मरे, परिवार विस्थापित


गुल्मी : गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा विपद्का घटना घटेका छन्। जिल्लाको मुसिकोट नगरपालिका–१ रगनाममा गोठ भत्किँदा पाँचवटा पशुचौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अविरल वर्षाका कारण ६६ वर्षीय जयबहादुर थापाको ढुंगा-माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ सोमबार बिहान करिब ११ बजे भत्किँदा गोठभित्र रहेका ३ गाई,१ बाच्छा र १ बाख्रा पुरिएर मृत्यु भएको हो। घटनापछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार कार्य जारी छ।

सोमबार बिहान करिब साढे ३ बजेतिर पहिरो जाँदा  चन्द्रकोट गाउँपालिका–१ सराङस्थित दिब्रुङ स्वास्थ्य चौकीको सुत्केरी स्याहार कक्ष पूर्णरूपमा क्षति भएको छ। मानवीय क्षति नभए पनि भवनको पछाडिको भागमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ। पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक डीएसपी गंगा बहादुर सारुले जानकारी दिए।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...