स्थानीय

अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताउनुभएको हो ।सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन सामाजिक विकासको संवर्दन’ भन्ने नारासहित मनाइँदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न प्रदे...
बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान

बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवलका संस्थागत विद्यालयहरुमा छात्रबृत्ति पाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाले २०८१ सालमा छात्रावृत्ति प्राप्त गरिरहेका संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका ३३९ जना विद्यार्थीहरुलाई सोमबार प्रमाणपत्र प्रदान गरेको हो । सो अवसरमा उपमहानगरले छात्रबृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले छात्रावृत्तिको लागि बुटवल उपमहानगरपालिकाले कुनै पनि हस्तक्षेप नगरि विद्यालयहरुलाई स्वतन्त्र छनौट गर्न दिएको जानकारी दिए । उपमहानगरले छात्रबृत्तिमा अध्धयनरत विद्यार्थीहरुको अवस्था बारे अनुगमन भने गरिरहेको उनले बताए । नगर प्रमुख पाण्डेयले बुटवललाई चलायमान गराउनका लागि यहाँका शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । प्रमुख पाण्ड...
८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रूपन्देहीरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि होइन, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने बताउँदै प्रमुख खाँणले तिलोत्तमाका सबै संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाले एकजुट ...
रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु

रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । डाक्टर राजेन्द्र खनालले नेपालमै पहिलोपटक तिलोत्तमाको, वडा नं ३ ड्राइभर टोलमा निदान अल्ट्रासाउन्ड डाइनेस्टीक एण्ड रिसर्च सेन्टर प्रालि अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हुन् ।‘आफूले जानेको क्षेत्रमा परिष्कृत प्रविधिबाट खासगरी मातृ शिशु रक्षाको लागि पेटभित्रै भएको बच्चाको स्वास्थ्य कस्तो छ, समग्र रूपमा महिलाको प्रजनन् स्वास्थ्यको अवस्था बुझ्न सामसुङ हेर जीको प्रयोग गर्न खोजिएको हो।’उनले भने । अत्याधुनिक फाइभ डी अल्ट्रासाउन्ड मेसिनको प्रयोग नेपालमा पहिलो पटक भएको उनको भनाइ रहेको छ । ‘यो नयाँ प्रविधिको अत्याधुनिक मेशिन हो, मलाई सूचना भएसम्म यो तहको मेशिन नेपालमै पहिलो हो’ उनले भने ।लामो समय सरकारी स्वास्थ्य सेवामा काम गरेका उनले बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा...
बुटवलको विजनेश इन्कुवेशन सकियो:१४ नवउद्यमीले लिए लाभ

बुटवलको विजनेश इन्कुवेशन सकियो:१४ नवउद्यमीले लिए लाभ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको विजनेश इन्कुवेशन कार्यक्रम सकिएको छ । गएको बैशाखबाट सुरु गरिएको तेस्रो चरणको विजनेश इन्कुवेशन कार्यक्रमको शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो । यो विजनेश इन्कुवेशनमा सहभागि हुनका लागि २४ जना नवउद्यमीले आवेदन दिएकोमा १४ जनालाई छनौट गरि सहभागि गराईएको संघले जनाएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रममा प्राकृतिक, स्थानीय स्तरमा पाईने, खेर गईरहेका बस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर उद्यम सुरु गरेका नवउद्यमीहरुलाई सहभागि गराईएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो । नवउद्यमीका लागि पनि यो एउटा राम्रो अवसर भएको उहाँको भनाई छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्...
स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु

स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
कपिलवस्तुकपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको हो । बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरमा हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए । ठक्करपछि प्रियान्सको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागिचितवन मेडिकल कलेज, भरतपुरमा रिफर गरिएको थियो । तर चिकित्सकले राति ११ : ३८ बजे प्रियान्सलाई मृत घोषित गरेका थिए ।घटनाको जानकारी पाएपछि भैरहवाबाट प्रहरी टोली खटेको थियो । ईभी भ्यान र चालक विजय सारुलाई इलाका प्रहरी कार्यालय पि...
रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने

रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघकाे १४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन ८२ पुस १९ गते हुने भएको छ।सोमबार बुटवलमा वसेको जिल्ला संघको विस्तारित वैठकले उक्त निर्णय गरेको हो।जिल्ला संघले रूपन्देही बाट विद्युतिय व्यवसायी महासंघको १६औं साधारण सभा तथा छैठौँ महाअधिवेशनमा निर्वाचित हुने तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र लुम्बिनी प्रदेश संयोजक दिपक पौडेल लाई वधाई तथा शुभकामना व्यक्त गरेको छ।साथै बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे लगायत दुवै कार्यसमिति लाई पनि वधाई तथा शुभकामना व्यक्त गरेको छ।कार्यक्रममा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले महासंघको र जिल्ला संघको सम्...
अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम

अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलयस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायको पहिलो ब्याचकी विद्यार्थी मञ्जिलाले सो परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् । सो परीक्षामा कुल ८०.९१ प्रतिशत प्राप्त गरी बागमती प्रदेशकी गीता बोगटी नेपाल प्रथम भएकी छिन् उक्त परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकै प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका छन् । मञ्जिलाले शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलबाट एसईई उत्तीर्ण गरी दीप बोर्डिङ् स्कुलबाट विज्ञान विषयको अध्ययनपछि स्नातक तहमा कानुन संकायमा प्रवेश गरेकी थिइन् । विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्या...
थुनामुक्त भए दुर्गा प्रसाईं

थुनामुक्त भए दुर्गा प्रसाईं

Breaking news 1, ताजा अपडेट, स्थानीय
७ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । ...
रुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी गाउँ नगर समितीका दुई अधिबेशन सम्पन्न

रुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी गाउँ नगर समितीका दुई अधिबेशन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी दुई गाउँ नगर अधिवेशन सम्पन्न भएका छन्।बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे निर्वाचित भएका छन्।दुवै अलग अधिवेशनमा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले निवर्तमान कार्यसमितीलाई वधाई दिंदै नवनिर्वाचित कार्यसमितिले गाउँ नगरका विद्यूतीय व्यवसायीहरूका सुखदुःखमा हातेमालो गरि जिल्लामा उत्कृष्ट कमिटी वन्न सफल बनोस भनि शुभकामना दिएका थिए।शुक्रबार सम्पन्न बुटवल नगर समितिको अधिवेशनमा जिल्लाका संस्थापक अध्यक्ष अनन्त मान थैव, पुर्व अध्यक्षहरु नारायण वावु वस्नेत, हरिहर ज्ञवाली तथा संघका सल्लाहकार माधव ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, ...