स्थानीय

बुटबलमा यामाहाको मेघा एक्सचेन्ज मेला

बुटबलमा यामाहाको मेघा एक्सचेन्ज मेला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल यामाहा कम्पनीको आधिकारिक विक्रेता बाइकर्स बुटवलले यही जेठ २५ देखि ३० गतेसम्म मेघा एक्सचेन्ज मेला सञ्चालन गरेको छ। बुटवल कालिका नगर सोरुममा लागेको उक्त मेलामा अन्य जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर का लागि न्यूनतम मूल्याङ्कन २५ हजार दिएको छ, भने पुराना सवारी साधन दिएर नयाँ लिँदा १० हजार थप मूल्याङ्कन गरेको छ। मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद कारोबार गरेमा ६ हजार छुटको व्यवस्था गरेको छ। ब्याज दरमा ७ दशमलब ९ प्रतिशत मात्र लाग्ने व्यवस्था गरेको छ। बाइकर्स बुटवलबाट बिक्री हुने यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर राम्रो र गुणस्तरीय रहेकोले सबै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएकोमा गर्भ लाग्ने गरेको र आफूले ग्राहकहरूको चाहनालाई प्रमुख प्राथमिकतामा राख्ने गरेको बाइकर्स बुटवलका सञ्चालक पूर्णप्रसाद अधिकारीले जानकारी दिए। नयाँ मोटरसाइकलतथा स्कुटर खरिद गरेमा ह...
अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल, जेठ २४ अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए । यस्तै युवाहरुलाई  सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्...
लालपुर्जाविहीन जग्गाको नाप जाँच सुरु

लालपुर्जाविहीन जग्गाको नाप जाँच सुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवल, २१ जेठ । बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रको जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ मा जग्गा नाप जाँच सुरु गरेको हो । बुटवलका वडा नम्बर १२ दुर्गा नगर र वडा नम्बर १३ को तारा टोलमा नाप जाँच नभएका जग्गाहरूको नाप जाँचका लागि बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलका लालपुर्जाविहीन जग्गाहरूको नाप जाँच गरी साउनभित्रै लालपुर्जा वितरण गर्ने गरी नाप जाँच सुरु भएको बताए । उनले यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घर घडेरीको नाप जाँच सकिएको र त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपूर १०० जत...
प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाउनुभएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद्को गतिरोध अन्त्य गर्नेबारे सहमति जुटाउन सभामुखले बैठक बोलाउनुभएको भए पनि सहमति नभएको हो । प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेका छन् ।नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्रीको राजीनामा दिनैपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अझै शुरू भएको छैन । हिजो पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न  ...
गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ । मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी–घमिर–अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ । गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाले काम सम्पन्न नहुँदासम्म आजदेखि यही २७ गतेसम्म यो सडकमा गाडी चलाउन रोकेको हो । सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ । ...
पत्रकारकाे क्षमता अभिबृद्दिले पत्रकारिता संगै समाजकाे स्तराेन्नतीमा याेगदान पुर्याउंछ

पत्रकारकाे क्षमता अभिबृद्दिले पत्रकारिता संगै समाजकाे स्तराेन्नतीमा याेगदान पुर्याउंछ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल पत्रकारहरूको क्षमता अभिवृद्धि गरी उत्कृष्ट पत्रकारिताबाट समाजको स्तराेन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रेस चौतारी नेपाल रुपन्देही शाखाले बुटवल उपमहानगरपालिकाको समन्वयमा क्षमता विकास तालिम शुरु गरेको छ। बुटवलमा जारी दुई दिने तालिमको पहिलो दिन मङ्गलबार उद्घाटन सत्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले समग्र बुटवलको विकासका लागि पत्रकारहरूमा थप सशक्त र रचनात्मकता सृजना गरी स्तर उन्नतिमा सहयोग पुग्ने उद्देश्यले आयोजना भएको प्रेस चौतारीको पहले थप टेवा पुग्ने अपेक्षा गरे। पाण्डेले अहिले समाजमा राम्रा पक्षहरूलाई भन्दा नराम्रा पक्षहरूको पछि लाग्ने एक खालको विकृति देखिएकोले यसलाई निरुत्साहित गरी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनी रचनात्मक आलोचना गर्न आवश्यक रहेको धारणा राखे। उनले उपमहानगरले नगर र नगरवासीलाई सबल बनाउने गरी अगाडि बढेकोले ...
मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस

मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले सोमबार २९औ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ। समाजले वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा आमनागरिकको आधारभूत अधिकार हुन् भन्ने विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ भने सन्ध्याकालीन समयमा दीप प्रज्वलन गरी शान्तिपूर्ण समाजको कामना गरेको छ। सोमबार साँझ रूपन्देहीको तिलोत्तमा योगीकुटीमा अधिकारकर्मीहरूले सञ्चारकर्मीको साथमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली [अर्जुन-दृष्टि]को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले आम नागरिकको मानव अधिकारको पूर्ण उपयोग हुन सकेमा मात्र समाजमा शान्ति स्थापना हुने हुनाले समाजमा रहेको विभिन्न विकृति हटाई शान्ति स्थापना गर्ने अभियानमा सबै लाग्न आवश्यक रहेको बताए। खनालले सोही ...
रुपन्देहीको क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

रुपन्देहीको क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो । यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसियु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीमुलो गर्दा अब नेपाल सरकारले तोकेको मापदण्डअनुरुप यो सेवा लिए बापत सेवाग्राहीले अब कुनै शुल्क तिर्नुपर्ने छैन” । उक्त कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हुने गरेको अत्यधिक चापलाई समे...
आर्थिक विधेयकका बारेमा अभिमुखिकरण , छुट सुविधाबाट लाभ लिन आग्रह

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण , छुट सुविधाबाट लाभ लिन आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखिकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो ।संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै ...
गुल्मेली सम्पर्क समाज रुपन्देहीले गर्यो बृहत रक्तदान कार्यक्रम

गुल्मेली सम्पर्क समाज रुपन्देहीले गर्यो बृहत रक्तदान कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आज बुटवलमा रहेको लुम्बिबुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आज बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिरामीलाई रक्त अभाव नहोस र रगतको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यले समाजले रक्तदान कार्यक्रम आयोजना गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा। नारायणप्रसाद पन्थले बताए । रक्तदान कार्यक्रममा २ सय ९७ जनाले रक्तदान गरेको अध्यक्ष पन्थले जानकारी दिए ।  रुपन्देही व्यापार सङ्घ द्वारा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) लाई उपकरण हस्तान्तरण तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले आज रुपन्देही व्यापार सङ्घ सँगको सहकार...