अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम


बुटवल
यस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायको पहिलो ब्याचकी विद्यार्थी मञ्जिलाले सो परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् ।

सो परीक्षामा कुल ८०.९१ प्रतिशत प्राप्त गरी बागमती प्रदेशकी गीता बोगटी नेपाल प्रथम भएकी छिन्

उक्त परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकै प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका छन् ।

मञ्जिलाले शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलबाट एसईई उत्तीर्ण गरी दीप बोर्डिङ् स्कुलबाट विज्ञान विषयको अध्ययनपछि स्नातक तहमा कानुन संकायमा प्रवेश गरेकी थिइन् ।

विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्याचका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेकोमा खुसी व्यक्त गरे ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...