रुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी गाउँ नगर समितीका दुई अधिबेशन सम्पन्न


बुटवल
रुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी दुई गाउँ नगर अधिवेशन सम्पन्न भएका छन्।
बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे निर्वाचित भएका छन्।
दुवै अलग अधिवेशनमा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले निवर्तमान कार्यसमितीलाई वधाई दिंदै नवनिर्वाचित कार्यसमितिले गाउँ नगरका विद्यूतीय व्यवसायीहरूका सुखदुःखमा हातेमालो गरि जिल्लामा उत्कृष्ट कमिटी वन्न सफल बनोस भनि शुभकामना दिएका थिए।
शुक्रबार सम्पन्न बुटवल नगर समितिको अधिवेशनमा जिल्लाका संस्थापक अध्यक्ष अनन्त मान थैव, पुर्व अध्यक्षहरु नारायण वावु वस्नेत, हरिहर ज्ञवाली तथा संघका सल्लाहकार माधव ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, प्रथम उपाध्यक्ष सुर्य वहादुर कुंवर,महासचिव विष्णु भण्डारी, कोषाध्यक्ष अनिल सुजन कुंवर, नगरका पुर्व अध्यक्ष विकास जिसी लगायतले वोल्दै निवर्तमान कार्यसमितीलाई वधाई दिदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए।

शुद्धोधन शियारी गाउ नगर समितीको कार्यक्रममा वोल्दै संघका सह कोषाध्यक्ष टिकाराम गौतम, गाउँ नगर समितिका संस्थापक अध्यक्ष यज्ञ मुर्ति अधिकारी , निवर्तमान अध्यक्ष होम बहादुर सुनार ,पुर्व अध्यक्ष रामप्रसाद गैरे लगायतले वोल्दै वधाई तथा शुभकामना दिएका थिए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...