स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु


कपिलवस्तु
कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको हो ।

बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरमा हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए ।

ठक्करपछि प्रियान्सको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि
चितवन मेडिकल कलेज, भरतपुरमा रिफर गरिएको थियो । तर चिकित्सकले राति ११ : ३८ बजे प्रियान्सलाई मृत घोषित गरेका थिए ।
घटनाको जानकारी पाएपछि भैरहवाबाट प्रहरी टोली खटेको थियो । ईभी भ्यान र चालक विजय सारुलाई इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनाको प्रारम्भिक जानकारी अस्पतालबाट प्राप्त भएको हो । प्रहरीले सिसिटिभी फुटेजसहित अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

विद्यार्थीको निधनपछि विद्यालयले आज शोक बिदा दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...