स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु


कपिलवस्तु
कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको हो ।

बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरमा हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए ।

ठक्करपछि प्रियान्सको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि
चितवन मेडिकल कलेज, भरतपुरमा रिफर गरिएको थियो । तर चिकित्सकले राति ११ : ३८ बजे प्रियान्सलाई मृत घोषित गरेका थिए ।
घटनाको जानकारी पाएपछि भैरहवाबाट प्रहरी टोली खटेको थियो । ईभी भ्यान र चालक विजय सारुलाई इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनाको प्रारम्भिक जानकारी अस्पतालबाट प्राप्त भएको हो । प्रहरीले सिसिटिभी फुटेजसहित अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

विद्यार्थीको निधनपछि विद्यालयले आज शोक बिदा दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...