रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु


बुटवल
रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । डाक्टर राजेन्द्र खनालले नेपालमै पहिलोपटक तिलोत्तमाको, वडा नं ३ ड्राइभर टोलमा निदान अल्ट्रासाउन्ड डाइनेस्टीक एण्ड रिसर्च सेन्टर प्रालि अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हुन् ।
‘आफूले जानेको क्षेत्रमा परिष्कृत प्रविधिबाट खासगरी मातृ शिशु रक्षाको लागि पेटभित्रै भएको बच्चाको स्वास्थ्य कस्तो छ, समग्र रूपमा महिलाको प्रजनन् स्वास्थ्यको अवस्था बुझ्न सामसुङ हेर जीको प्रयोग गर्न खोजिएको हो।’उनले भने ।

अत्याधुनिक फाइभ डी अल्ट्रासाउन्ड मेसिनको प्रयोग नेपालमा पहिलो पटक भएको उनको भनाइ रहेको छ । ‘यो नयाँ प्रविधिको अत्याधुनिक मेशिन हो, मलाई सूचना भएसम्म यो तहको मेशिन नेपालमै पहिलो हो’ उनले भने ।
लामो समय सरकारी स्वास्थ्य सेवामा काम गरेका उनले बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारीमा रहँदा राम्रो काम गरेका थिए । कोभिडको समयमा उनले यो क्षेत्रको स्वास्थ्य समस्याका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग राम्रो समन्वय गरेका थिए ।
तर विभागीय मन्त्री र राजनीतिक दलको स्वार्थमा मिल्न नसकेका कारण उनी समयअगावै राजीनामा दिएर आफ्नो क्षेत्रमा काम थालेका हुन् । उनले १२ वर्षअघि बुटवलको अस्पताल लाईनमा यो सेवा सुरु गरेका थिए भने यही विषयमा धेरै निजी कलेजहरुमा अध्यापन गराउँदै आएका छन् भने आफ्नै खर्चमा विभिन्न ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन् ।


प्रालिको उद्घाटन वरिष्ठ पत्रकार मदनलाल पौडेलले गरेका थिए भने पं भिमकान्त पन्थी, संस्कृतिविद् राजेन्द्रकुमार आचार्यसहितले शुभारम्भ शुभकामना दिएका थिए ।
सञ्चालक अर्थात् डाक्टर खनालकी श्रीमती लक्ष्मी ज्ञवालीले शुभारम्भमा सहभागीहरु प्रति आभार व्यक्त गरेकी थिइन्।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...