रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु


बुटवल
रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । डाक्टर राजेन्द्र खनालले नेपालमै पहिलोपटक तिलोत्तमाको, वडा नं ३ ड्राइभर टोलमा निदान अल्ट्रासाउन्ड डाइनेस्टीक एण्ड रिसर्च सेन्टर प्रालि अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हुन् ।
‘आफूले जानेको क्षेत्रमा परिष्कृत प्रविधिबाट खासगरी मातृ शिशु रक्षाको लागि पेटभित्रै भएको बच्चाको स्वास्थ्य कस्तो छ, समग्र रूपमा महिलाको प्रजनन् स्वास्थ्यको अवस्था बुझ्न सामसुङ हेर जीको प्रयोग गर्न खोजिएको हो।’उनले भने ।

अत्याधुनिक फाइभ डी अल्ट्रासाउन्ड मेसिनको प्रयोग नेपालमा पहिलो पटक भएको उनको भनाइ रहेको छ । ‘यो नयाँ प्रविधिको अत्याधुनिक मेशिन हो, मलाई सूचना भएसम्म यो तहको मेशिन नेपालमै पहिलो हो’ उनले भने ।
लामो समय सरकारी स्वास्थ्य सेवामा काम गरेका उनले बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारीमा रहँदा राम्रो काम गरेका थिए । कोभिडको समयमा उनले यो क्षेत्रको स्वास्थ्य समस्याका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग राम्रो समन्वय गरेका थिए ।
तर विभागीय मन्त्री र राजनीतिक दलको स्वार्थमा मिल्न नसकेका कारण उनी समयअगावै राजीनामा दिएर आफ्नो क्षेत्रमा काम थालेका हुन् । उनले १२ वर्षअघि बुटवलको अस्पताल लाईनमा यो सेवा सुरु गरेका थिए भने यही विषयमा धेरै निजी कलेजहरुमा अध्यापन गराउँदै आएका छन् भने आफ्नै खर्चमा विभिन्न ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन् ।


प्रालिको उद्घाटन वरिष्ठ पत्रकार मदनलाल पौडेलले गरेका थिए भने पं भिमकान्त पन्थी, संस्कृतिविद् राजेन्द्रकुमार आचार्यसहितले शुभारम्भ शुभकामना दिएका थिए ।
सञ्चालक अर्थात् डाक्टर खनालकी श्रीमती लक्ष्मी ज्ञवालीले शुभारम्भमा सहभागीहरु प्रति आभार व्यक्त गरेकी थिइन्।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...