रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने


रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघकाे १४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन ८२ पुस १९ गते हुने भएको छ।
सोमबार बुटवलमा वसेको जिल्ला संघको विस्तारित वैठकले उक्त निर्णय गरेको हो।
जिल्ला संघले रूपन्देही बाट विद्युतिय व्यवसायी महासंघको १६औं साधारण सभा तथा छैठौँ महाअधिवेशनमा निर्वाचित हुने तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र लुम्बिनी प्रदेश संयोजक दिपक पौडेल लाई वधाई तथा शुभकामना व्यक्त गरेको छ।
साथै बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे लगायत दुवै कार्यसमिति लाई पनि वधाई तथा शुभकामना व्यक्त गरेको छ।
कार्यक्रममा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले महासंघको र जिल्ला संघको सम्वन्यमा जिल्ला अधिवेशन आगामी पुस १९ गते गर्ने निर्णय गरिएको वताए। उनले अधिवेशन सफल पार्न सवै आ-आफ्नो स्थानबाट लाग्न आग्रह गरे।
अध्यक्ष खरालले महासंघको अधिवेशनमा रुपन्देही जिल्लाबाट एकतावद्ध भएर तृतीय उपाध्यक्ष, सचिव र प्रदेश संयोजक तिनवटै पदमा निर्वाचित वनाउन सफल भएकोमा आभार प्रकट गरे। साथै बुटवल र शुद्धोधन शियारी गाउ नगर समितीका अधिवेशनमा निर्वाचित कार्यसमिति लाई वधाई संगै श्रृजनशिल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा महासंघको अधिवेशनबाट नवनिर्वाचित तृतीय उपाध्यक्ष तथा जिल्लाका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डेले जिल्लाले गरेको योगदानको प्रशंसा गर्दै जिल्ला संगै देशभरिका संघमा आवद्ध विद्युतिय व्यवसायीको हकहितमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता गर्दै आभार व्यक्त गरे ।
महासंघका नवनिर्वाचित सचिव तथा निवर्तमान अध्यक्ष लोकनाथ पोखरेल तथा नवनिर्वाचित प्रदेश संयोजक दिपक पौडेलले जिल्लाको योगदानको आत्मसात गर्दै अगाडि वढ्ने प्रतिवद्दता गर्दै आभार व्यक्त गरे।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, प्रथम उपाध्यक्ष सुर्य वहादुर कुंवर,महासचिव विष्णु भण्डारी, कोषाध्यक्ष अनिल सुजन कुंवर, सदस्य गणेश पन्त लगायतले वोल्दै निर्वाचित सम्पुर्णलाई वधाई तथा शुभकामना दिंदै जिल्लाको अधिवेशन सम्पन्न गर्न कटिबद्ध भएर लाग्न आव्हान गरेका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...