रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने


रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघकाे १४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन ८२ पुस १९ गते हुने भएको छ।
सोमबार बुटवलमा वसेको जिल्ला संघको विस्तारित वैठकले उक्त निर्णय गरेको हो।
जिल्ला संघले रूपन्देही बाट विद्युतिय व्यवसायी महासंघको १६औं साधारण सभा तथा छैठौँ महाअधिवेशनमा निर्वाचित हुने तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र लुम्बिनी प्रदेश संयोजक दिपक पौडेल लाई वधाई तथा शुभकामना व्यक्त गरेको छ।
साथै बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे लगायत दुवै कार्यसमिति लाई पनि वधाई तथा शुभकामना व्यक्त गरेको छ।
कार्यक्रममा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले महासंघको र जिल्ला संघको सम्वन्यमा जिल्ला अधिवेशन आगामी पुस १९ गते गर्ने निर्णय गरिएको वताए। उनले अधिवेशन सफल पार्न सवै आ-आफ्नो स्थानबाट लाग्न आग्रह गरे।
अध्यक्ष खरालले महासंघको अधिवेशनमा रुपन्देही जिल्लाबाट एकतावद्ध भएर तृतीय उपाध्यक्ष, सचिव र प्रदेश संयोजक तिनवटै पदमा निर्वाचित वनाउन सफल भएकोमा आभार प्रकट गरे। साथै बुटवल र शुद्धोधन शियारी गाउ नगर समितीका अधिवेशनमा निर्वाचित कार्यसमिति लाई वधाई संगै श्रृजनशिल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा महासंघको अधिवेशनबाट नवनिर्वाचित तृतीय उपाध्यक्ष तथा जिल्लाका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डेले जिल्लाले गरेको योगदानको प्रशंसा गर्दै जिल्ला संगै देशभरिका संघमा आवद्ध विद्युतिय व्यवसायीको हकहितमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता गर्दै आभार व्यक्त गरे ।
महासंघका नवनिर्वाचित सचिव तथा निवर्तमान अध्यक्ष लोकनाथ पोखरेल तथा नवनिर्वाचित प्रदेश संयोजक दिपक पौडेलले जिल्लाको योगदानको आत्मसात गर्दै अगाडि वढ्ने प्रतिवद्दता गर्दै आभार व्यक्त गरे।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, प्रथम उपाध्यक्ष सुर्य वहादुर कुंवर,महासचिव विष्णु भण्डारी, कोषाध्यक्ष अनिल सुजन कुंवर, सदस्य गणेश पन्त लगायतले वोल्दै निर्वाचित सम्पुर्णलाई वधाई तथा शुभकामना दिंदै जिल्लाको अधिवेशन सम्पन्न गर्न कटिबद्ध भएर लाग्न आव्हान गरेका थिए।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...