स्थानीय

दुई दिनदेखि हराईरहेका रोल्पाको थबाङ गाउँपालिकाका कर्मचारि  गुल्मीबाट सम्पर्कमा

दुई दिनदेखि हराईरहेका रोल्पाको थबाङ गाउँपालिकाका कर्मचारि  गुल्मीबाट सम्पर्कमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौँ : दुई दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी बिहीबार बिहान सम्पर्कमा आएका छन्।  २४ गते बिहान कार्यालयमा मोबाइल नेटवर्क नआएको भन्दै गाडी चढेर रुकुम पूर्वतर्फ हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी मंगलबार र बुधबार सम्पर्कविहीन भएका थिए। कर्मचारी सम्पर्कमा नआएपछि पछि गाउँपालिकाकाले बुधबार सूचना निकालेको थियो ।  उनीहरू आज बिहान टेलिफोन सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए। अध्यक्ष बुढाका अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले आज बिहान टेलिफोन गरी आफूहरू गुल्मीमा रहेको जानकारी दिएका छन्। २४ गते बिहान भुक्तानी गर्नुपर्ने अवस्थामा मोबाइलमा नेटवर्क नआएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर सहित सहायक प्रशासन पाँचौ हरिश माझी...
बुटवलको बजेट सर्वसम्मत पारित: शिक्षा,स्वास्थ,पर्यटन र कृषिमा प्राथमिकता

बुटवलको बजेट सर्वसम्मत पारित: शिक्षा,स्वास्थ,पर्यटन र कृषिमा प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य र्यटकको आगमनमा वृद्धि गर्ने अभियान सञ्चालन गर्ने योजना बुटवलबुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।बुधबार बसेकाे नगर सभाको १७ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो । बजेटसँगै नगर सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ । सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समितिकाे प्रतिवेदन पारित भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । सभाको समापनका अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स...
गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो। तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चाल...
सिद्धबाबामा पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबामा पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ । दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटल तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिए । ...
गुल्मीमा भ्रष्टाचारविरुद्ध विद्यार्थी आन्दोलनको घोषणा, अनेरास्ववियु आक्रामक

गुल्मीमा भ्रष्टाचारविरुद्ध विद्यार्थी आन्दोलनको घोषणा, अनेरास्ववियु आक्रामक

Breaking news 3, ताजा अपडेट, राजनीति, विदेश, समाचार, स्थानीय
गुल्मी, असार २३: गुल्मी जिल्लाको रुरु गाउँपालिकामा व्याप्त भ्रष्टाचार, अनियमितता र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार कार्यशैलीविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गुल्मीले सशक्त आन्दोलनको घोषणा गरेको छ। अनेरास्ववियु गुल्मीका अध्यक्ष प्रदीप भण्डारीद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, रुरु गाउँपालिकामा भ्रष्टाचारको जालो फैलिएको, पारदर्शिताको अभाव रहेको र प्रमुख प्रशासकीय अधिकृतले सुशासनको बेवास्ता गर्दै गैरजिम्मेवार कार्यहरू गरिरहेको आरोप लगाइएको छ। यसबाट गाउँपालिकामा अनियमितता बढेको र नागरिक अधिकार हनन भएको अनेरास्ववियुको दाबी छ। विशेषगरी, भ्रष्टाचारीविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउने व्यक्तिहरूलाई बिना प्रमाण प्रहरी कार्यालयमा बोलाएर मानसि...
Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, असार २३: गुल्मी जिल्लाको रुरु गाउँपालिकामा व्याप्त भ्रष्टाचार, अनियमितता र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार कार्यशैलीविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गुल्मीले सशक्त आन्दोलनको घोषणा गरेको छ। अनेरास्ववियु गुल्मीका अध्यक्ष प्रदीप भण्डारीद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, रुरु गाउँपालिकामा भ्रष्टाचारको जालो फैलिएको, पारदर्शिताको अभाव रहेको र प्रमुख प्रशासकीय अधिकृतले सुशासनको बेवास्ता गर्दै गैरजिम्मेवार कार्यहरू गरिरहेको आरोप लगाइएको छ। यसबाट गाउँपालिकामा अनियमितता बढेको र नागरिक अधिकार हनन भएको अनेरास्ववियुको दाबी छ। विशेषगरी, भ्रष्टाचारीविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउने व्यक्तिहरूलाई बिना प्रमाण प्रहरी कार्यालयमा बोलाएर मान...
चितवनस्थित एक्सपर्ट एजुकेसनको शङ्कास्पद धन्दा, आर्थिक चलखेलमा फेक डकुमेन्ट

चितवनस्थित एक्सपर्ट एजुकेसनको शङ्कास्पद धन्दा, आर्थिक चलखेलमा फेक डकुमेन्ट

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल २३ असार। केही महिनाअघि चितवनको भरतपुरकी एक विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगिन् । उनी त विद्यार्थी नै भइन्–उनका अभिभावक पनि कुनै व्यवसायमा थिएनन् वा भनौँ–नियमित आम्दानीको स्रोत थिएन ।  तर, डेढ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाएपछि उनको आवश्यक सबै डकुमेन्ट बन्यो । ती डकुमेन्टमा परिवारको आफ्नै कम्पनी, सो कम्पनी विभिन्न निकायमा भएको भनिएको दर्ता, ट्याक्स क्लियरेन्सदेखि बैंक स्टेटमेन्ट सबै थिए ।  जबकि ती कुनै पनि डकुमेन्ट सक्कली नभएर अस्ट्रेलियाको भिसा पाउनकै लागि बनाइएको नक्कली कागजात थियो । ‘म अहिले अस्ट्रेलिया आइसकेको छु । सबै डकुमेन्ट कन्सल्टेन्सीले बनाइदिएको हो । मैले त्यसका लागि अतिरिक्त डेढ लाख रुपैयाँ बुझाएको हो’, नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भनिन् ।  उनी मात्रै होइन यस्तै डकुमेन्ट बनाएर कैयन विद्यार्थी अस्ट्रेलिया लगायतका देशमा उडिसकेका छन् । रा...
एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी

एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाज, स्थानीय
बुटवल कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनको माध्यमबाट चयन भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।  दुई दशकसम्म कान्तिको व्यवस्थापन समितिमा कब्जा जमाएको एमाले निकटका अभिभावक भने पराजित भएका छन् एमाले भने पराजित भएको छ । खुल्ला तर्फ विपक्षी गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् । उनले ५१४मत प्राप्त गरे ।  त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् । यस्तै खुल्ला तर्फ ...
बुटवल कान्ति माविमा व्यवस्थापन समिति चयनकाे निर्वाचन सम्पन्न, मतगणना जारी

बुटवल कान्ति माविमा व्यवस्थापन समिति चयनकाे निर्वाचन सम्पन्न, मतगणना जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल सहमति नजुटेपछि बुटवलको कान्ति मावि व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ। चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको हो। २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि शनिबार निर्वाचन भएको हो। नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि सहमति नहुंदा १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन हुन लागेको हो। ३ हजार ९ सय ७७ जना मतदाता रहेकोमा १२ सयमात्रै मत खसेको छ। ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत झविन्द्र भुसालले बताए। उनका अनुसार खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जनाको उम्मेद्वारी रहेको छ। गत वैशाखमा समय सकिएलगत्तै अभिभावक भेला गराएर व्यवस्थापन समिति गठन गर्न खोजिए पन...
जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवल   पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, -‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ।’ रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू ...