एमाले रुपन्देहीका सचिव कार्की रास्वपामा प्रवेश


रुपन्देही
नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।

कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन् ।
भदौ २३ र २४ को जेन जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकोमा असन्तुष्टी र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए । त्यस यता उनी एमाले पार्टी काममा फर्कएका थिएनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरुसँग संवाद र छलफलपछि उनले रास्वपा रोजेको बताए ।

रास्वपा रुपन्देहीका अनुसार औपचारिक रूपमा पार्टी प्रवेश गराउन आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आया्जना गरिएको बताइएको छ ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...