गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द


रुपन्देही

गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार तिलोत्तमा शंकरनगरमा भएको एघाराैँ साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए।

उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेक र बेसीको रुपमा हेर्नुपर्ने बताए । उनीहरुले पहाड लेक र तराइ बेसी भएको भन्दै गाउँको विकासमा हातेमालो गर्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले थोर्गा स्थाई घर भई रुपन्देही झरेका बासिन्दाहरुमा भातृत्व विकास हुने गरि एकता गराउने संस्थाको मुलमर्म अनुसार अघि बढ्ने बताए।

पोखरेलले रचनात्मक र सामाजिक कार्यहरु गर्दै अघि बढ्ने र जन्मभूमिको तिर्सना मेटाउने कार्यहरु गर्ने बताए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष ओम ज्ञवालीले आफ्नो कार्यकालमा रचनात्मक कामहरू गरेर समाजलाइ पहिचान दिलाउन सकेको बताए ।

सो अवसरमा पुर्व अध्यक्षद्वय रामप्रसाद पोख्रेल,ज्ञान प्रसाद ज्ञवाली, निर्बाचन मण्डलका सदस्य बेदराज ज्ञवाली ,गोपाल ज्ञवाली,शोभाकर पोखरेल लगायतले बोलेका थिए ।

समाजका आजिवन सदस्य तथा सहयोगीहरूलाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।समाजमा गुल्मी थोर्गाबाट रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका करिब २ सय ५० सदस्य आवद्ध रहेका छन्।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...