गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द


रुपन्देही

गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार तिलोत्तमा शंकरनगरमा भएको एघाराैँ साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए।

उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेक र बेसीको रुपमा हेर्नुपर्ने बताए । उनीहरुले पहाड लेक र तराइ बेसी भएको भन्दै गाउँको विकासमा हातेमालो गर्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले थोर्गा स्थाई घर भई रुपन्देही झरेका बासिन्दाहरुमा भातृत्व विकास हुने गरि एकता गराउने संस्थाको मुलमर्म अनुसार अघि बढ्ने बताए।

पोखरेलले रचनात्मक र सामाजिक कार्यहरु गर्दै अघि बढ्ने र जन्मभूमिको तिर्सना मेटाउने कार्यहरु गर्ने बताए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष ओम ज्ञवालीले आफ्नो कार्यकालमा रचनात्मक कामहरू गरेर समाजलाइ पहिचान दिलाउन सकेको बताए ।

सो अवसरमा पुर्व अध्यक्षद्वय रामप्रसाद पोख्रेल,ज्ञान प्रसाद ज्ञवाली, निर्बाचन मण्डलका सदस्य बेदराज ज्ञवाली ,गोपाल ज्ञवाली,शोभाकर पोखरेल लगायतले बोलेका थिए ।

समाजका आजिवन सदस्य तथा सहयोगीहरूलाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।समाजमा गुल्मी थोर्गाबाट रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका करिब २ सय ५० सदस्य आवद्ध रहेका छन्।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...