गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन
Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मीको साविक बलेटकसार गाउँ विकास समिति हाल रुरु क्षेत्र ४ बाट विभिन्न पेशा ,व्यवसाय र बसाईसरी रुपन्देही बसोबास गर्ने बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार तिलोत्तमा वनबाटिकामा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकतासँगै सन्देशमूलक गीतहरुबाट नाचगान भएको थियो।समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथि तथा पूर्व महिला उपाध्यक्ष विन्दु गौतमले मौलिकता, पिर,व्यथा सँगै नाचगान मार्फत पिर,व्यथा साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्व तीजले सबै आमा ,दिदीबहिनी ,दाजुभाईको सम्बन्ध थप मजबुत हुने बताउँदै सबैको श्रीवृद्धिको कामना गरिन्।
अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले ९५ वर्षिय आमा नर्मदा ज्ञवाली र ८६ वर्षीय बुबा नेत्रनाथ ज्ञवालीलाई अतिथिको रुपमा पाउँदा उहाँहरूको शुभआष...








