एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु


बुटवल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले रूपन्देहीबाट उम्मेदवारहरु सिफारिश गरेका छन्।

रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरिएको छ।
आइतबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस गरेको हो।

एमाले रूपन्देही प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलका अनुसार पार्टीभित्र कुनै मतभेद नदेखिएको र सबै तहबाट पौडेलको नाममा सहमति जुटेको हो।
पौडेल २०५६ सालदेखि निरन्तर रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् ।

एमालेले रूपन्देहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ बाट एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य दधिराम न्यौपाने र केन्द्रीय अनुशासन आयोग सदस्य डा. कृष्ण न्यौपाने गरी तीन जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर ३ मा भने १० जना नेताको नाम सिफारिस गरिएको एमालेले जनाएको छ। जसमा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल, हितराज पन्थी, हरी अधिकारी, राजेन्द्र पन्थी, अयोध्या थारु, नर बहादुर घर्ती, विश्वराज बराल, बासुदेब घिमिरे, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले, लक्ष्मी केसी, पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमध्ये क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगो लगाउन बाँकी छ।
काँग्रेसबाट सिफारिस भएका उम्मेदवार
नेपाली कांग्रेसले रुपन्देही २ बाट आधा दर्जन नेताहरुको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ। रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसले प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस गरेको छ।

त्यसैगरी समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले जानकारी दिए।

त्यसैगरी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट ६ जनाको नाम सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस भएका छन्।

यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...