एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु


बुटवल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले रूपन्देहीबाट उम्मेदवारहरु सिफारिश गरेका छन्।

रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरिएको छ।
आइतबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस गरेको हो।

एमाले रूपन्देही प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलका अनुसार पार्टीभित्र कुनै मतभेद नदेखिएको र सबै तहबाट पौडेलको नाममा सहमति जुटेको हो।
पौडेल २०५६ सालदेखि निरन्तर रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् ।

एमालेले रूपन्देहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ बाट एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य दधिराम न्यौपाने र केन्द्रीय अनुशासन आयोग सदस्य डा. कृष्ण न्यौपाने गरी तीन जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर ३ मा भने १० जना नेताको नाम सिफारिस गरिएको एमालेले जनाएको छ। जसमा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल, हितराज पन्थी, हरी अधिकारी, राजेन्द्र पन्थी, अयोध्या थारु, नर बहादुर घर्ती, विश्वराज बराल, बासुदेब घिमिरे, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले, लक्ष्मी केसी, पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमध्ये क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगो लगाउन बाँकी छ।
काँग्रेसबाट सिफारिस भएका उम्मेदवार
नेपाली कांग्रेसले रुपन्देही २ बाट आधा दर्जन नेताहरुको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ। रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसले प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस गरेको छ।

त्यसैगरी समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले जानकारी दिए।

त्यसैगरी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट ६ जनाको नाम सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस भएका छन्।

यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको छ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...