जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर


बुटवल
बुटवलमा जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण र उपचारको उदेश्य सहित बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालित छ।

२०८० माघमा बुटवलमा शुरु भएको बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत चालु आर्थिक वर्षमा समेत निरन्तर छ।
ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन तय गरेका योजनाहरु कार्यान्वयन गरिएको हो।
चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले बताए।

उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउने कार्यक्रम नियमित सञ्चालन गर्ने बताए।

‘हामीले कानुन नै बनाएर वर्षमा २ पटक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने र उपचारका लागि लाग्ने सबै ल्याब परीक्षण र औषधि निशुल्क उपलब्ध गराउने गरी काम गरिरहेका छौं,-उनले भने-‘यसमा निजी क्षेत्रलाई समेत सहभागी बनाएर विशेषज्ञ चिकित्सक र आवश्यक ल्याब परीक्षण गराइरहेका छौं, आवश्यक औषधिहरु बुटवल उपमहानगरपालिका आफैले खरिद गरेर उपलब्ध गराएको छ।’

उनले घरदैलोमा गरेको परीक्षणबाट थप उपचार गर्न आवश्यक परेमा तोकिएका अस्पतालहरुमा निशुल्क उपचार हुने गरी व्यवस्था मिलाउने बताए।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...