बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु


बुटवल
बुटवलमा नियमित चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाल कारको ठक्करबाट मृत्यु भएका छन्।

पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व–पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका प्रहरीलाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार तीव्र गतिमा आएको कारले दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको थियो। उनको तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनापछि चालक, रेसुंगा नगरपालिका–२, तम्घास, गुल्मी का ५६ वर्षीय जितेन्द्रसिंह थापा, र कार नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार कारको तीव्र गति नै दुर्घटनाको मुख्य कारण भएको र थप अनुसन्धान जारी रहेको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...