स्थानीय

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो। उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण/परमादेश रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो। अदालतले उद्योगले वातावरणीय प्रदूषण गरे वा नगरेको विषयमा अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन गर्दा कच्चा पदार्थ तथा उत्पादित सामग्री व...
मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।त्यस्तै, आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भा...
दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिल्मी, मनोरञ्जन, समाचार, स्थानीय
बुटवलनिर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा प्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास र घातसँगै मानवीय सम्बन्धका विविध पक्षलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र पात्रलाई लिएर दर्शकमाझ चासो बढेको निर्माण पक्षको भनाइ छ। चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। उनीहरूसँगै हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन ‘खबपु’, अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम र प्रेमदेव गिरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको प्रमुख आकर्षणमध्ये नारायण त्रिपाठीको पुनरागमनलाई पनि ...
नियामक निकायविनै रुपन्देहीमा उद्योग अनुगमन गर्न खोजेको भन्दै उद्योग संघको आपत्ति

नियामक निकायविनै रुपन्देहीमा उद्योग अनुगमन गर्न खोजेको भन्दै उद्योग संघको आपत्ति

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवलसम्बन्धित सरकारी नियामक निकायविनै उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्षले बुटवलमा मसला उद्योगको अनुगमन गर्न पाउनुपर्ने भन्दै विवाद गरेकोप्रति रुपन्देही उद्योग संघले आपत्ति जनाएको छ । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष समुन्द्र जिसी मंगलबार बुटवल–११ ओलीपथस्थित बुटवल रारा मसला उद्योगमा अनधिकृत रूपमा प्रवेश गरी सञ्चारकर्मी बोलाएर एकपक्षीय समाचार सम्प्रेषण गराएको भन्दै उद्योग संघले आपत्ति जनाएको हो ।संघका अध्यक्ष कृष्ण पराजुली र महासचिव सुमन बस्यालले विज्ञप्ति जारी गर्दै उद्योगको विषयमा लामो समयदेखि विवाद चलिरहेको र उक्त विषय स्थानीय तह, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय हुँदै अदालतसम्म पुगेको तथा हाल विचाराधीन अवस्थामा रहेको अवस्थामा नियामक निकायको स्वीकृतिविनै अनधिकृत अनुगमन गर्न खोजिएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरेको छ । जिसी सोमबार स्थानीयले आयो...
बुटवल नगरको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल नगरको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक नगर प्रमुख खेलराज पाण्डेको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले बुटवल–११ टप मजुवामा विपद्का कारण पूर्ण तथा आंशिक क्षति भएका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले पूर्ण क्षति भएका तीन घर र आधा क्षति भएका दुई घरलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख खेलराज पाण्डेले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउँदै जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइने बताए। यस्तै, टप मजुवा क्षेत्रमा पक्की ढलान गरिएको पर्खाल निर्माणको काम छिटोभन्दा छिटो अघि बढाउन जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक संरचन...
बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आयोजक संस्था रेडरक इभेन्ट एण्ड म्यानेजमेन्टका सिइयो विकल क्षेत्रीले महोत्सवको आयोजना गरिएको जानकारी गराएका हुन्। बुटवल उपमहानगरपालिकाका वडानं ११ देविनगर, रंगशालामा आयोजना गरिएको महोत्सवमा २ सय ५० स्टल रहने जसमा स्थानीय र कृषि प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको क्षेत्रीले वताए।उनले महोत्सवको आम्दानीको ५ प्रतिषत रकम बाढी प्रभावितलाई सहयोग गर्ने योजना रहेको जनाए। महोत्सवमा नेपालकै नयाँ प्रविधि वाल उद्यान अन्तर्गत ग्राभिटी राईभ ,हट एयर बेलुन (आकासमा उड्न सकिने) प्रविधिको समेत व्यवस्था रहेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।महोत्सवमा डान्स आईडियल, मम्मी डान्सको तैयारी रहेको र भोटिङ,टिकटलाई महत्व नदिने साथै जजम...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले सोमबार बुटवलमा मदन भण्डारी कप - २०८३ को ट्रफि अनावरण र तयारीको बारे जानकारी गराउन पत्रकार सम्मेलन गरी प्रतियोगिता आज अर्थात् असोज १२ गतेदेखि १७ गतेसम्म बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ वजे गर्ने कार्यक्रम तय गरिएको र एक खेल समेत खेलाउने जानकारी दिए।आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथि बुटवल उपमहानग...
तिनाउ तटिय क्षेत्र बुटवल–११ मा पाँच घर बगे , १२ गते साँझसम्म उच्चसतर्क हुन आग्रह

तिनाउ तटिय क्षेत्र बुटवल–११ मा पाँच घर बगे , १२ गते साँझसम्म उच्चसतर्क हुन आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
बुटवलतिनाउ नदी बाढीका कारण बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा पाँच घर बगेका छन्। राति १२ : ४५ बजेतिर घर बगेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षासँगै तिनाउ नदीमा जलसतह बढेर सतर्कता तह पार गरेको थियोे । बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा ९ सय जनालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज १० गते राति ८ बजे बुटवल जलमापन केन्द्रमा तिनाउ नदीको जलसतहले सतर्कता तह पार गरेको हो। जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। तिनाउमा आएको बाढी र नदी कटानका कारण बुटवल–११ टप मझुवाका पाँच घर बगेका हुन्। घरमा क्षति पुगेपछि त्यहाँ रहेका परिवारलाई जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बुटवल ११ का जनप्रतिनिधि नकुल...
चार प्रदेशका तराई भूभागमा भीषण हावाहुरी, रातमा पनि चल्ने सम्भावना

चार प्रदेशका तराई भूभागमा भीषण हावाहुरी, रातमा पनि चल्ने सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँलुम्बिनीदेखि मधेसप्रदेशसम्मका तराई भूभागमा अहिले ठूलो हावाहुरी चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सवा ३ बजेतिर जारी गरेको सूचनाअनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलेको छ। राति पनि ती प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। महाशाखाकै मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढी छ। अहिले हावाहुरी मुख्य रूपमा मधेश प्रदेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा बढी चलेको छ। पहाडी...
‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलरुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।विभाग तथा मातहतका निकायले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ दूषित पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सम्पूर्ण चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम महानिर्देशकको निर्णयअनुसार यस्तो आदेश जारी गरेको जनाएको छ। साथै ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त चियाको बिक्री तथा वितरण नगर्न र नगराउन समेत निर्देशन दिइएको छ।विभागको आदेशअनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ फिर्ता गर्नुपर्नेछ। फिर्ता गर्न भनिएको चियाको ब्याच ...