स्थानीय

रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रोटरी क्लब अफ बुटवल चौतारीको आठौं पदस्थापन कार्यक्रममा वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी वासुदेव भुसालले ग्रहण गरेका छन् । कार्यक्रमको उदघाटन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का वर्ष २०२६–२७ का प्रेसिडेन्ट नोमिनी तथा रोटरी वर्ष २०२५–२६ का डिजीएनडी अमित गिरीले गरेका थिए । उद्घाटन गर्दै गिरीले रोटरीले समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा पु¥याउँदै आएको योगदान उल्लेख गर्दै नयाँ नेतृत्वले सेवा, पारदर्शिता र सदस्यबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष वासुदेव भुसालले क्लबको सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, युवा सशक्तीकरण, वातावरण संरक्षण तथा समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मानार्थ सदस्यद्वय ताराचन्द केडिया र प्रेमप्रसाद पोखरेलको पन...
भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद

भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडेलका आईफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा शंकास्पद रूपमा ल्याइँदै गरेका मोबाइल फोनहरू बरामद गरेको हो । प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका अनुमानित २३ लाख ९० हजार रुपैयाँ बराबरका ३८ थान एप्पल आईफोन फेला परेका हुन् । बरामद गरिएका मोबाइलहरूमा आईफोन १७ का २ थान, आईफोन १३ (२५६ जिवि) का ९ थान, आईफोन १३ (१२८ जिवि का १२ थान, आईफोन १४ प्रो का २ थान तथा आईफोन ११ (१२८ जिवि) का १३ थान रहेका छन् । साथै, सामान ओसारपसारमा प्रयोग गरिएको लु ५३ प ३३९८ ...
नायब महानिरीक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी देशकै उत्कृष्ट

नायब महानिरीक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी देशकै उत्कृष्ट

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलप्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर प्रथम स्थान हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी सेवा प्रवाहका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो। डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीले प्रविधिमैत्री सेवा विस्तार, नागरिकसँगको विश्वास अभिवृद्धि तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारमुखी तथा नवप्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ। प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, सेवा प्रवाहमा सुधार र जनमैत्री प्रहरी सेवामार्फत उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरकै पहिलो स्थान हासिल गर्न सफल ...
शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बिहीबार बुटवल स्थित स्कोलर्सहोम कलेज, इट्टाभट्टीमा आयोजित कार्यक्रममा यातना उन्मुलन र लागू औषध दुव्र्यसनविरुद्ध शान्ति समाजको अवधारणा प्रस्तुत गरिएको थियो। सो सम्बन्धमा रहेर मानव अधिकार संरक्षण, यातना उन्मूलन तथा लागुऔषध एवं मदिरा दुव्र्यसन न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा स्कोलर्स कलेजका विद्यार्थी, शिक्षक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकारको संरक्षण, यातनामुक्त समाज निर्माण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये १५ ले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले कोटहीमाई गाउँपालिकाले भने बजेट ल्याउन सकेन । कोटहीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादव छन् । दुबै जना एकै दलबाट निर्वाचित भए पनि बजेट विनियोजनका विषयमा विवाद सिर्जना भएको छ । यस अघि कोटहीमाईमा वजेटका बेला विवाद हुँदैं आएको थियो । यस पटक पनि उपाध्यक्ष यादवले अध्यक्षकै बराबर आफूलाई बजेट सिलिङ माग गरेपछि सहमती जुट्न नसकेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जयकुमार सैनीले शुक्रवारसम्म बजेट ल्याउने प्रयास भइरहेको बताए । कोटहीमाई बाहेक जिल्लाका अन्य १५ वटै पालिकाले बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले ब...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। "समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर" भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्...
नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

Breaking news 2, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ। नक्कली औषधि बेचेको उजुरीका आधारमा प्रहरीले छापा मारेर शंकास्पद औषधि बरामद गरेको र परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए। प्रहरीले फार्मेसीबाट ६७ पत्ता स्वाशप्रस्वाशसम्बन्धी औषधि बरामद गरेको छ। उनका अनुसार प्रहरीले फार्मेसीका सञ्चालक विष्णु जिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको उनले बताए। Seroflo 250 Rotacaps नामक श्वासप्रश्वास सम्बन्धी औषधि बरामद गरिएको प्रहरीको भनाई छ। उक्त औषधी मुख्यतः दम (Asthma) र क्रोनिक अबस्ट्रक्टिभ पल्मोनरी डिजिज (C...
बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित) बाट वडाध्यक्षमा निर्वाचित भएका ढकाल पार्टी छाडेसँगै पदमुक्त भएका हुन् ।निर्वाचन आयोगले एक सूचना जारी गरी दल छाड्ने वडाध्यक्षसहित गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानबहादुर बुढा र पाहल्लीनन्द गाउँपालिका (नवलपरासी) की उपाध्यक्ष फातिमा खातुन पदमुक्त भएको जनाएको छ । ...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यसै गरी २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत र ६७ जनाले गैर आवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका हुन् ।भारतसँग खुला सीमा जोडिएको तथा तीव्र जनसङ्ख्या वृद्धि भइरहेको जिल्ला भएकाले नागरिकतासम्बन्धी सेवाको चाप अन्य जिल्लाको तुलनामा रुपन्देहीमा बढी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको जानकारी दिए । ...
प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिकले लडेर ल्याएको सिंह दरवारको अधिकार नागरिकमा रहेको र अहिलेको सरकारले खोस्न खोजेको वताइन्।नेपाल मिडिया सोसाइटी तथा प्रशासक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शुरुवात भएको २ दिने चौथो मिडिया सम्मेलनमा वोल्दै उनले महासंघ चरणवद्ध आन्दोलन गरिरहेको तर सरकारले पहल नगरेको वताउदै सञ्चारकर्मी र सञ्चार माध्यममा भएको कमजोरी सच्याउने तर समग्र निजी सञ्चार माध्यमलाई प्रहार भएको स्विकार नहुने धारणा राखिन्।सरकारले समाचार लेखेकै कारण पत्रकारमाथि अनेक किसिमका समस्या श्रृजना गरिरहेको समेत जिकिर गरिन्।सरकारको असंवैधानिक कदमविरुद्धको चरणवद्ध आन्दोलन संवोधन नहुँदा सम्म नरोकिने चेतावनी दिइन्। बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वचाई राख्न सञ्चार माध्यम, सञ्चारकर्मी, सरकार, सरोकारवाला र आमनागरिक संयमि...