तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित



रुपन्देही
रुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । शनिबार मेलामा भएको उल्लेख्य भीडले आयोजकलाई उत्साहित बनाएको छ ।
शनिबार मात्रै २५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । मेलामा बिहानैदेखि दर्शकको चहलपहल बढेको थियो । औद्योगिक तथा व्यापारिक स्टलसँगै सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिले पनि दर्शकलाई आकर्षित गरेको छ ।
मंसिर ३ गतेदेखि ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि’ भन्ने नारासहित सुरु भएको मेला यहि मंसिरकाे १६ गतेसम्म १४ दिन सञ्चालन हुनेछ । मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ ।
उद्योग, व्यापार र कृषिको प्रवर्द्धनसँगै सीप, उद्यमशीलता र सेवामूलक व्यवसायलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले बताए । उनका अनुसार कृषि तथा पर्यटन क्षेत्रका उत्पादन र गतिविधिलाई मेलामा विशेष प्राथमिकता दिइएको छ ।
मेलामा व्यापारिक गतिविधिसँगै कला, संस्कृति र मनोरञ्जनलाई समेत जोडिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, बालउद्यान, तिलोत्तमा आरती तथा विभिन्न सांस्कृतिक प्रस्तुति भइरहेका छन् । तिलोत्तमाका पर्यटकीय गन्तव्य र नेपाल आरोग्य वर्ष २०२७ को प्रचारप्रसारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ । दर्शकको बढ्दो सहभागिताले मेलाको रौनक थपिएको छ ।
मेलामा आयाेजना गरिएकाे प्रतियाेगिता अन्तरगत शनिबार गायक गायिका बद्री पंगेनी, प्रिति आले लगायतका कलाकारहरुकाे प्रस्तुती रहेकाे थियाे ।

छुटाउनुभयो कि ?

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । शनिबार मेलामा भएको उल्ल...
पालिकाको सफल अभ्यास अर्कोले सिक्नुपर्छ : मुख्यमन्त्री आचार्य

पालिकाको सफल अभ्यास अर्कोले सिक्नुपर्छ : मुख्यमन्त्री आचार्य

पाल्पालुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न...
संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

काठमाडौँसंविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। नागरिकको यही मौलिक हक कार्या...
खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

काठमाडौंहोल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको द...