स्थानीय

रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतम  सहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य छानबिन नहुदा सम्म पालिकाको कुनैपनी कार्यक्रममा सहभगी नहुने निर्णय सहितको ज्ञापनपत्र बुझाएका छन् । सोही विषयलाई लिएर सोमबार नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीका अध्यक्ष फर्सु ज्ञवालीले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् । रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधि...
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
३० असार, काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको...
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला आंशिक बदली छ । कतिपय ठाउँमा बिहानैदेखि घाम चर्को लागेको छ । राति देशभर हल्कादेखि मध्यम वर्षा भएको थियो । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । ...
अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्लाको २५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रमको अध्यक्षता अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष निशान खड्काले गरेका थिए। प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल रहेका थिए भने प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिका बारे मन्तव्य व्यक्त गरे।   कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सह-संयोजक अन्जित खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अ...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउ...
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ...
रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा गएको मङ्गलवार आएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या ११ जना पुगेको छ । त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै ज्यान जानेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ । बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४...
आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो zहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । गएको समयको तुलनामा अहिलेको आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ...
रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मी जिल्लाको एक पालिका प्राकृतिक रुपले अत्यन्तै रमणीय ठाउँ हो बिगत पालिका स्थपना पस्चात आज ८ बर्ष सम्म कुनै किसिमले नलागेको कालो धब्बा अहिले सामाजिक सन्जाल तथा बिस्वब्यापि रुपमा ब्याप्त छ। आर्थिक र सामाजिक हिसाबले गौरव गरिएको पालिका पछिल्लो समयमा आर्थिक रुपमा दिनप्रदिन बिवादित भएको छ। आन्तरिक रुपमा अनेकन विषयमा आर्थिक अनियमितता भयको प्रष्टरुपमा देखिन्छ कृषकलाई अनुदानमा वितरण गरिएको सामाग्री खरिदमा जुकि मेसिन खरिदमा समेत आर्थिक विवाद भएपछि गुपचाप मै मिलाईएको खबर छ। कैयौं विषय त फोन मार्फत दबाव दिई बाहिर नल्याउन र थप प्रलोभन दिई आश्वासन सहित मिलाईएको पाइन्छ। बिधालयका लागि Smart Board खरिद काण्ड भने गोप्य रहन सकेन। लुम्बिनी प्रदेश सरकार र पालिका बाट गरि रु ३५ लाख को प्रबिधिमैत्री शिक्षा र गुणस्तर वृद्धि का लागि बिनियोजित बजेटमा रुरुक्षेत्र गाउँ पालिका को कार्यपालिका ...
२९ जिल्लामा बाढीको जोखिम

२९ जिल्लामा बाढीको जोखिम

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ । बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चि...