उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पन्थी
बुटवलउद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित भएका छन् । संघको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पन्थी नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा पदम जिसी ,उद्योग उपाध्यक्षमा केशव श्रीस मगर ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।यस्तै कार्यसमिति सदस्यहरू कृष्णप्रसाद भुसाल न्याजुद्धिन मियाँ,नारायण प्रसाद पाण्डे, बिनोद खाती, बिशाल पन्थी, प्रशान्त बन्जाडे जीवन बुढाथोकी, भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे,लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भविश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन् ।संघका नवनिर्व...








