बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन
Breaking news 1, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल
युवाहरुले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र अर्गानिक उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले बुटबल ट्राफिक चोक पुरानो चलचित्र परिसरमा खस्यौली बजार आयोजना गरेका छन्। खस्यौली बजारमा स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थ र गुणस्तरीय उत्पादन सामग्री बिक्री गर्ने र स्वदेशी र अर्गानिक उत्पादन र बिक्री गर्ने उदेश्यले खस्यौली बजार आयोजना गरेएकाे छ।
उक्त खस्याैली बजारमा दैनिक उपभोग्य सामग्री नुन, तेल ,तरकारीदेखि लत्ता ,कपडा माटोका भाडा बर्तन सम्पूर्ण अर्गानिक उपभोग्य सामग्रीहरु उपलब्ध छन्। बजारमा लोपन्मुख माटोका भाँडाहरू, थारु समुदायका ढकिया लगायत सामग्री हातले बुनेका ऊनका कपडाहरू सिधेनुन ,अचार उपलब्ध छन्। बजामा अर्गानिक ग्रिनटि ,वाइटी ,ब्राउण्डटि जस्ता चिया र चियापत्तीहरू ,माटो ,ढुङ्गा र धातुबाट बनेका हातले कुँदिएका मूर्ति ,तस्बिरहरु ,शिलालेखहरु उपलब्ध छन् । ज...








