आज बडादसैँको मुख्य दिन- हर्षउल्लासपूर्वक टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै


काठमाडौं
बडादसैँअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ।
आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ।

त्यसो त मान्यजन टाढाटाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन्। बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।

आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।

दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।

दसैँ आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर राज्य सञ्चालकका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ ।

दसैँ को दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार टीका लगाउनुअघि देवी विसर्जन भने अनिवार्य गर्नुपर्दछ । दसैँका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । त्यसपछि सुरुमा कुलदेवता र पितृदेवतालाई टीका–जमरा चढाउने गरिन्छ ।

कतिपय ठाउँमा घरको मूल ढोका अर्थात् दैलामाथि टीका लगाइदिने र चारैदिशा टीका–जमरा चढाउने परम्परा छ । यति काम सम्पन्न भएपछि मात्र मान्यजनबाट टीका लगाउने गरिन्छ ।

टीका लगाउँदा घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजन कहाँबाट टीका लगाउन जाने चलन छ ।

टीका लगाइदिने व्यक्ति पश्चिम र लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

छुटाउनुभयो कि ?

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ...
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

बुटवलफिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को बहुप्रतिक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र अफ्रिकी पावरहाउस मोरक्को १–१...
आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...