लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन


मिलन गाहा
बुटवल
रुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको छ ।
सर्ब सम्मतीमा नेतृत्व चयन हुंदा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।
कार्यसमीतीमा महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष रितु थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नो
बलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर्ने बताउनुभयो । निर्बाचीत समीतीलाई लोक दाहोरी प्रतिष्ठानका संस्थाका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले सपथ ग्रहण गराउदै निर्बाचीत कार्य समीतीलाई राम्रो काम गर्न शुभकामना ब्यक्त गर्नुभयो । निर्बाचन मण्डलमा खिमानन्द भट्राई,लक्ष्मण खड्का,दिपु मगर, दामोदर घिमीरे प्रचण्ड जिसी र मिलन गाहाले सहजीकरण गर्नुभएको थियो । कार्यसमीती निर्बीरोध चयन गर्नका लागी दिपक गरौजा दिपु मगर प्रचण्ड जिसी डिल्लीनारायण पाण्डे खिम हमाल सहीतका अग्रज कलाकारहरुले प्रयास गरेका थिए । प्रतिष्ठानको आगामी तिन बर्षका लागी नया कार्यसमीती चयन भएको हो । यो संगै लोक दाहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अधीबेशनबाट सर्बसम्मत नया नेतृत्व चयन भएको छ ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...