औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको भीड
Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलऔद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ ।
पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरुका स्टल रहेका छन् । प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलहरुमा अवलोकनकर्ताले बढी चासो राखेका छन् ।संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीहरुको रहेका छन् । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीका अनुसार प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो रहेको बताउनुहुन्छ ।’अरु स्टलहरुमा भन्दा महिला उद्यमहरुको स्टलमा पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई वि...








