मनोरञ्जन

हावाहुरीले बुटवल महामेलामा क्षति, बुधबारदेखि नियमित सञ्चालन

हावाहुरीले बुटवल महामेलामा क्षति, बुधबारदेखि नियमित सञ्चालन

Breaking news 2, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवल, चैत २हावाहुरीसहित परेको वर्षाका कारण बुटवलमा जारी महामेलामा विभिन्न संरचनामा क्षति पुगेको छ। सोमबार आएको तीव्र हावाहुरीले मेलास्थलमा रहेका संरचनामा क्षति पुर्‍याएको मेला संयोजक गोविन्द प्रसाद भुसालले जानकारी दिए।उनका अनुसार हावाहुरीका कारण करिब ४० वटा व्यावसायिक स्टल, १२ वटा होटल तथा रेस्टुरेन्ट, ‘लन्डन ब्रिज’, ‘स्ट्याचु अफ लिबर्टी’को प्रतिकृति, २०० मिटर बाउन्ड्री तथा ‘कश्मिर हिल’ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै ‘जलपरी’ संरचनामा आंशिक क्षति पुगेको बताइएको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको संयोजक भुसालले बताए।सोमबारको कार्यक्रममा चर्चित र्यापर माइला, लोकगायक विशाल सोनी, लोकगायिका रितु मगर तथा हास्यकलाकार माइला बा लगायतका कलाकारको प्रस्तुति रहने कार्यक्रम तय गरिएको थियो। तर प्रतिकूल मौसमका कारण कलाकारहरूको प्रस्तुति स्थगित गरिएको सांस्कृतिक संयोजक दिपेन्द्र न्यौपाने...
बुटवलमा २४ दिने महामेला सुरु, मेलाले बजार चलायमान बनाउने अपेक्षा ,

बुटवलमा २४ दिने महामेला सुरु, मेलाले बजार चलायमान बनाउने अपेक्षा ,

Breaking news 2, गित संगित, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवल । बुटवल–११ देवीनगरस्थित रंगशालामा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित २४ दिने महामेला सुरु भएको छ। आइतबार साँझ आयोजित उद्घाटन समारोहमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय ले मेलाको औपचारिक उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रममा बोल्दै मेयर पाण्डेयले बुटवलको बजारलाई चलायमान बनाउन यस्ता मेला–महोत्सवहरू निरन्तर आयोजना हुन आवश्यक रहेको बताए। उनले मेला सञ्चालन गर्दा उपभोक्ताको हित र सुरक्षालाई प्राथमिकतामा राख्न आयोजकलाई आग्रह गर्दै उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।महामेलाको आयोजना फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालि ले गरेको हो। आयोजक कम्पनीका अध्यक्ष गोबिन्द भुसाल का अनुसार चैत १ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य उद्देश्य बुटवलको व्यापार–व्यवसायलाई चलायमान बनाउनुका साथै दर्शकलाई मनोरञ्जन प्रदान गर्नु रहेको छ।महामेलामा दैनिक र...
आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज ग्याल्पो ल्होछार पर्व मनाइँदैछ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक...
सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवलपाल्पाको सिद्धबाबा मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा लाग्दै आएको महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर विकास समितिले जनाएको छ ।शनिबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन गरी महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।भक्तजनले सहज रूपमा मन्दिरमा पुजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउंपालिका–३ स्थित सिद्वबाबा मन्दिरलाई सिंगारिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन ।दर्शनार्थीहरुको सुरक्षाका सुरक्षाकर्मी, स्वयसेवक सहित २ सय जना परिचालन गरिने समितिले जनाएको ...
भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण

भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको छ ?पहिलो दिन (रोज डे) फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी ...
विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले व्यवसायीहरु विचको भातृत्व संगै मनोरञ्जनको उद्देश्य राखेर ११औं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीको तिलोत्तमा पार्कमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतिय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीहरु आ-आफ्नो व्यस्तताले गर्दा आपसमा जमघटहुने भलाकुसारी गर्ने , सुखदुःख साटासाट गर्ने समय नहुने हुनाले जमघट संगै मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।उनले उज्यालोको व्यवसाय गर्ने विद्युतिय व्यवसायीको जिवन पनी उज्यालो रहेको भन्दै नेपालमा विद्युत उत्पादनको प्रसस्त आधार रहेकोले व्यवसायको महत्व वढ्दै जाने धारणा राखेका थिए।उनले महासंघको मुल्यांकनमा जिल्ला शाखाहरुमै उत्कृष्ट हुंदै आएकोमा गर्भ लागेको वताए। उनले महासंघको २०८३ जेष्ठमा इलेक्ट्रोटेक गर...
१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
देवदहदेवदहमा १० औं देवदह महोत्सव सुरु भएको छ । 'राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागी राष्ट्रिय औद्योगिककरण तथा व्यापार विविधकरण' भन्ने मूल नारासहित उद्योग व्यापार संघ देवदहको आयोजना रहेको मेलाको एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बुधवार उद्घाटन गरे । , देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह-आयोजनामा बुधबारदेखी देवदह-९ स्थित प्रस्तावित मण्डपमा मेला सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उल्लेख गरे । 'देवदहको समृद्धिको आधार नै पर्यटन हो ।' नगर प्रमुख खरेलले भने, 'बुद्ध मावली स्थलको रुपमा रहेको देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक क्ष...
औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उहाँको भनाइ छ ।मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनु भएको हो । ‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उहाँले भन्नुभयो ।मुख्यमन्त्री आचार्यले उ...
बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन

बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवलमा बुटवल सडक खाना महोत्सव-२०८२ सुरु भएको छ । पुस १५ गतेदेखि सुरु भएको महोत्सव बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत सहरलाई थप चलायमान बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ का रूपमा विकास गर्ने योजनासहित व्यापार, पर्यटन र संस्कृतिलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य भए मात्र यस्ता कार्यक्रम दिगो बन्ने उनको भनाइ थियो ।महोत्सव उद्घाटनअघि निकालिएको सांस्कृतिक ¥यालीमा विभिन्न जातीय तथा सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता देखिएको थियो । प्रतियोगितात्म...
चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ ।पुस ३ गतेदेखि संचालन भएको प्रदर्शनीमा मंगलबार भएको फाइनलमा उसले उपाधि जितेर ८८ हजार ८ सय ८८ रुपैयाँसहित प्रमाणपत्र पाएको सांस्कृतिक उपसििमतका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । त्यसैगरी दोस्रोमा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रोमा दोहोरी गीत प्रतिष्ठान पाल्पा, सान्तवना दोहोरी गीत प्रतिष्ठान रुपन्देही भएको उहाँले जानकारी दिनुभयो । दोस्रोले ४४ हजार ४ सय ४४, तेस्रोले २२ हजार २ सय २२ र सान्त्वनाले ११ हजार १ सय ११ रुपैयाँ रकम हात पारेका हुन् । त्यसैगरी खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम पन्चायन भजन मण्डली सैनामैना, दोस्रोमा कलौनी कान्तिपुर बोर्डिङ सैनामैना र ...