तिहार: आज काग पुजा गरिँदै



बुटवल
यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउनुपर्ने भट्टराई बताउँछन् । यसअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो ।

धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार अर्थात् आज परेको छ । तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म ९म्ह० पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।

यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।

यसैबीच आज काग तिहारको दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा आज कागको विशेष पूजाआराधना गरिन्छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मनपर्ने खानेकुरा दिई खुसी पार्ने गरिएको जानकारहरु बताउँछन् । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने धार्मिक विश्वाससमेत गरिन्छ ।

आजबाट लगातार सार्वजनिक बिदा भएकाले तिहारको रौनक पनि बढेको छ ।

छुटाउनुभयो कि ?

स्वावलम्बननै अग्रगमनको कडी

स्वावलम्बननै अग्रगमनको कडी

श्रीराम ज्ञवाली‘स्वावलम्बन’ दुईवटा शब्दहरू ‘स्व’ र ‘अवलम्बन’ मिलेर बनेको छ, जसको अर्थ आफ्नो खुट्टामा आफैं उभिनु वा आफ्ना आवश्...
एनपीएल: पोखराको लगातार चौथो हार, आज काठमाण्डौ र लुम्बिनी खेल्दै

एनपीएल: पोखराको लगातार चौथो हार, आज काठमाण्डौ र लुम्बिनी खेल्दै

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग पनि पराजित भएको छ । हिजो भएको खेलमा पोखर...
तिहार: आज काग पुजा गरिँदै

तिहार: आज काग पुजा गरिँदै

बुटवलयमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउन...
सत्तारूढ राजस्वपाका सभापतिले नै गर्न थाले सरकारको आलोचना

सत्तारूढ राजस्वपाका सभापतिले नै गर्न थाले सरकारको आलोचना

काठमाडौँसत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारका गतिविधिमाथि सार्वजनिक रूपमा आलोचनात्मक धारणा राख्न थालेका छन् । प...