‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने
बुटवलबुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद न्यौपानेको कृति 'बुद्धकालीन देवदह'मा आधारित संवाद।
देवदह केवल एउटा भौगोलिक स्थान होइन, बुद्धकालीन सभ्यता, कोलीय गणराज्य र गौतम बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक भूमि हो। यही इतिहासलाई बौद्ध साहित्य, पुरातात्त्विक प्रमाण, यात्रावृत्तान्त र स्थानीय सन्दर्भका आधारमा खोज्दै निबर्तमान लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक अभियन्ता डा. कृष्णप्रसाद न्यौपानेले ‘बुद्धकालीन देवदह’ कृति पाठकमाझ ल्याउनुभएको छ। चिकित्सक, अध्येता, शिक्षक तथा सामाजिक जीवनका विविध अनुभव संगालेका न्यौपानेको यो कृति इतिहासप्रतिको जिज्ञासा र अनुसन्धानको निरन्तरताको परिणाम हो। पुस्तकसँगै देवदहको पहिचान, संरक्षण, पर्यटन, नयाँ पुस्ताको इतिहासप्रतिको चासो र उहाँको आगामी ले...








