कम्युनिष्टहरूले धरातल छोडेकोमा लेखक तथा साहित्यकारहरूको चिन्ता
बुटवल
प्रगतिशील लेखक सङ्घमा आवद्द लेखक तथा साहित्यकारले धरातल छाडेर लिग बाहिर जान थालेका कम्युनिष्ट घटकहररूलाई प्रलेसले खबरदारी गरेर लइाउनु पर्ने उनीहररूको साझा भनाइ छ ।
प्रगतिशील लेखक सङ्घलाई साझा मोर्चाको रुपमा बचाउनु पर्ने बताउँदै उनीहररूले कम्युनिष्ट पार्टी फुटेर २९ वटा घटकमा विभाजित भएकोप्रति चिन्ता व्यक्त गरे । उनीहररूले प्रलेसलाई भात्रृ सङ्गठनको रुपमा फुटाउन दिन नहुने बताए ।
प्रगतिशील लेखक सङ्घ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १० औं जिल्ला अधिवेशनमा बोल्ने साहित्य स्रष्टाहररूले कम्युनिष्टले प्रगतिवादी आन्दोलनलाई सही ढङ्गले अगाडी बढाउन नसकेको गुनासो गरे । उनीहररूले कम्युनिष्ट पार्टीमा सामान्तवादी चरित्र कायमै रहेको र पार्टी स्थापनाको मुल उद्देश्यबाट बिचलित भएकाले प्रलेसले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।
कम्युनिष्टले आफ्नो धरातल छोडेर शक्ति र सत्ताको पछाडी लाग...








