जीवनशैली

जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ आज भदौ २३ गते जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ । आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्श...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, स्थानीय
काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । तर सार्वजनिक बिदा भने नरहेको सरकारले प्रष्ट पारेको छ । राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्र्दै सम्पर्कमा नरहेकाहरुको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिनसमेत हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् ...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–६ मा जन्मिएर रोजगारी, व्यवसाय तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा रुपन्देही र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूको साझा संस्था समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो। हालै रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै मानिस घाइते भएका छन्। विपद्मा परेका घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता बढ्न सक्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कर...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ ।“त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेलमा नेपाली सेनाका आठजनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्रीसहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ,” नेपाली सेनाले आइतबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्रिशूली–३ ‘बी’मा अडिट–२ बाट फौज छिरी अडिट–१ बाट निस्किएको छ । अडिट–२ टनेलबाट स्काभेटर जान सक्ने गरी बाटो सफा गरिँदै छ । “चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी स्काभेटर र मड पम्पको सहायताले लेदो फाल्ने पावर हाउसको करिब ५०–६० मिटरनजिक पुगेको छ,” नेपाली सेनाले जनाएको छ । स्याफ्रुबेसीमा स्लीङ अपर...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार बिदा नरहेको प्रस्ट पारेको छ। भोटेकोशी बाढीको १३ औँ दिन अर्थात् भदौ २२ मा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बाढीमा मृत्यु हुनेहरूको सम्मानस्वरूप कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय बिहीबारको मन्त्रिपरिषद्ले गरेको हो। ‘सो दिन राष्ट्रिय शोक मनाउने निर्णय भएको हो, तर सार्वजनिक बिदा छैन,’ गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले बताइन्। २३ भदौमा भने सार्वजनिक बिदा दिने निर्णय भएको छ। गत वर्ष भएको जेन-जी आन्दोलनको सम्मानमा जेन-जी सहिद दिवस मनाउनुका साथै सार्वजनिक बिदासमेत दिने निर्णय भएको छ। सोमबार कार्यालय खुलेपछि मंगलबार फेरि बिदा हुने भएको छ। ...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । बेनीघाट रोराङ-७ कृष्णभिर र गजुरी-२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी मात्रै बाटो खुलेको छ ।यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा (साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म)...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थो...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक तथा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको बाटो औपचारिक रूपमा खुलेको छ।आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै सडक विभागले चिनियाँ कम्पनी एमरएस आन्हुई सिन्जियान होल्डिङ ग्रुपसँग करिब १ अर्ब ७० करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको छ।आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सम्झौता भएको मितिले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कस्तो बन्नेछ नयाँ ‘सिग्नेचर ब्रिज’रु हाल सञ्चालनमा रहेको पुरानो पुलको दुवैतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण गरी तिनाउमा चार लेनको आधुनिक पुल तयार गरिनेछ। नयाँ पुलको लम्बाइ करिब २३० देखि २४० मिटरसम्म हुनेछ।पुलसँगै करिब ९८० मिटर लामो पहुँचमार्ग ९एप्रोच रोड समेत निर्माण गरिनेछ। सवारीसाधनको सहज...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ ।प्रहरीका अनुसार यो तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ ।प्रहरीको पछिल्लो अपडेटमा चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मीले अहिलेसम्म आठ जना ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ । प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ । ...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा आबद्ध रामबहादुर न्यौपानेले नयाँ व्यवस्थापन र थप सुविधासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । शुक्रबार एक कार्यक्रमका बीच रेष्टुरेन्टको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले मुलुकको अर्थतन्त्र चलायमान बनाउन होटल तथा रेष्टुरेन्ट व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए । ‘होटल व्यवसायमा हजारौँ युवाले रोजगारी पाएका छन्,’ उनले भने, ‘यस क्षेत्रको विकासले रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग गरेको छ ।’नगरप्रमुख खाणले होटल तथा रेष्टुरेन्ट व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न सकिने वातावरण बनाउनुपर्नेमा जोड दिए । ग्राहकलाई अनावश्यक दुःख दिने गरी होटल तथा रेष्टुरेन्टमा प्रहरीबाट छापा ...