खेलकुद

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

Breaking news 2, खेलकुद, मनोरञ्जन
बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो । उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो । जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५–१३, २५–१३, २५–२३ र २५–१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी शनिबार नै तेस्रो स्थानका ...
मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, स्थानीय
बुटवल,२८ माघ ।  रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण...
क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

Breaking news 1, खेलकुद
काठमाण्डाै – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले जनाएको छ । निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे स्पष्ट भइसकेको छैन । क्यानको हिजोको बैठकमा ७ जना सदस्यले कार्यसम्पादन समितिको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका छन् । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटी...
नेपाल टी–२० लिगको मिति सर्यो

नेपाल टी–२० लिगको मिति सर्यो

खेलकुद, ताजा अपडेट
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो । लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकामा अब मंसिरसम्म सरेको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी छन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् । ...
भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

खेलकुद, ताजा अपडेट, समाचार
२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ । श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो । यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो ।श्रीलंकाको जितका लागि कुश...
नेपाल र केन्याको चाैथाे खेल आज

नेपाल र केन्याको चाैथाे खेल आज

खेलकुद, समाचार
१३ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको चाैथाे टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।शृंखलामा २-१ काे अग्रता बनाएकाे नेपालका लागि शृंखला जित्ने अवसर छ । आजकाे खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नाे पक्षमा पार्नेछ ।पाँच खेलकाे टी-२० शृंखलामा नेपालले पहिलाे खेल ५ विकेटले जितेकाे थियाे । दाेस्राे खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेकाे थियाे । आइतबार भएकाे तेस्राे खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएकाे छ । ...
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

खेलकुद, जीवनशैली, फिचर, मनोरञ्जन, राेचक जानकरी, विविध, समाज
स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समे...
प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

खेलकुद, समाचार
४ भदौ, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । तर, नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षकबिनै प्रशिक्षणमा भाग लिनेछन् । ३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले नेपालमै प्रशिक्षक उत्पादमा ध्यान नदिइएकाले त्यसको असर गण्डकीले पनि व्यहोर्नु परेको सुनाएका हुन्...
ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सुवास बि.सीबुटवल २७ असार ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो । शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ । ...
विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

Breaking news 1, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ५ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् । ...