फ्लडलाइट जडान गरिएको पहिलो क्रिकेट मैदान एक्स्ट्राटेकमा के हुंदैछ ?


रुपन्देही

रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम निर्माणधीन छ। विनोद कुँवर र उनकी पत्नी सुदिक्षाले ५० करोड लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्।उनीहरू आफैले खरिद गरेको पाँच बिघा जमिनमा २०८० साल जेठ २९ गते क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए।

अहिले पाँच वटा फ्लड लाईट जडान गरी परिक्षण भइरहेको छ। योसँगै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम फ्लडलाइट जडान गरिएको नेपालको पहिलो क्रिकेट मैदान बन्न पुगेको छ।क्रिकेट खेल्न मिल्ने गरी तयार गरिएको रंगशालाको उद्घाटन भने २०८० फागुन २८ गते नै लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी गरिएको थियो।

रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भइरहेका छन्।अहिले भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स सहितका चाररचार तलाका २ वटा भवन बनिरहेका छन्।

 कुँवरका अनुसार ती भवनको चौथो तलाको काम भइरहेको छ भने तत्काल कुनै प्रतियोगिता आयोजना भएको खण्डमा भिआइपी बक्सबाट बसेरै खेल हेर्न सकिने अवस्थामा संरचना निर्माण भइसकेको छ।

निर्देशक कुँवरका अनुसार रंगशालामा नेट प्राक्टिसका लागि समेत छुट्टै पिच तयार भइरहेको छ। जुन अन्तिम चरणमा पुगेको छ। प्यारापिटको काम सुरु भइसकेको छैन। यद्यपि यसै वर्ष ५ हजार क्षमताको प्यारापिट निर्माणको काम अगाडि बढाउने उनको योजना छ।

अर्को वर्षसम्म १० हजार र ५ वर्षभित्रमा २५ हजार दर्शक अटाउने प्यारापिट निर्माण हुने उनले बताए।  रंगशाला बनाउने मात्र नभई एकेडेमी सञ्चालन गरेर डिप्लोमा इन क्रिकेट कोर्ष पढाएर अन्तर्राष्ट्रिय स्तरमा खेल्ने नेपाली खेलाडी उत्पादन गर्ने आफ्नो उद्देश्य रहेकोले सोही अनुसारका संरचना निर्माण भइरहेको कुँवरले बताए।

यहाँ नियमित खेल सञ्चालन हुनुको साथै एकैपटक १५० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने कुँवरले जानकारी दिए। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा युएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक रहेका छन्।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...