मदन भण्डारी गोल्डकप भलिबल खेलमा आज गुजरातको जित


बुटवल

बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतबार भएको दोस्रो खेलमा गल्कोट भलिबल क्लब बागलुङले लज्जास्पद हार बेहोरेको छ । 

गुजरात स्टेट भलिबल भारतले सोझो सेटमा गल्कोटलाई पराजित गरेको हो । यसअघिका दुई खेल गुमाएको गल्कोटले गुजरातसँग झनै कमजोर खेल प्रस्तुत गरेको छ । ४ इरानी र १ भारतीय खेलाडीसहित खेलिरहेको गल्कोटले गुजरातसँग यस अघिका खेलहरुमा जत्तिको पनि प्रदर्शन गर्न सकेन । सर्विस, स्पाईक, प्लेसिङ र फिल्डिङ सबैमा गल्कोट कमजोर बन्यो । त्यसको बदलामा गुजरातले तीनवटै सेट २० भन्दा कम अंकमा राख्दै जित हासिल गर्‍यो ।

गुजरातले गल्कोटलाई २५–१८, २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । गल्कोटका प्रशिक्षक सुरेन्द्र केसीले लगातार दुई सेट गुमाएपछि तेस्रो सेटमा पूरै नेपाली खेलाडीलाई अघि सारेका थिए । त्यो प्रयास पनि गुजरातका खेलाडीले बिफल तुल्याइदिए ।

गल्कोटबाट खेलिरहेका इरानी खेलाडी मोविन श्रीले यस अघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...