मदन भण्डारी गोल्डकप भलिबल खेलमा आज गुजरातको जित


बुटवल

बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतबार भएको दोस्रो खेलमा गल्कोट भलिबल क्लब बागलुङले लज्जास्पद हार बेहोरेको छ । 

गुजरात स्टेट भलिबल भारतले सोझो सेटमा गल्कोटलाई पराजित गरेको हो । यसअघिका दुई खेल गुमाएको गल्कोटले गुजरातसँग झनै कमजोर खेल प्रस्तुत गरेको छ । ४ इरानी र १ भारतीय खेलाडीसहित खेलिरहेको गल्कोटले गुजरातसँग यस अघिका खेलहरुमा जत्तिको पनि प्रदर्शन गर्न सकेन । सर्विस, स्पाईक, प्लेसिङ र फिल्डिङ सबैमा गल्कोट कमजोर बन्यो । त्यसको बदलामा गुजरातले तीनवटै सेट २० भन्दा कम अंकमा राख्दै जित हासिल गर्‍यो ।

गुजरातले गल्कोटलाई २५–१८, २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । गल्कोटका प्रशिक्षक सुरेन्द्र केसीले लगातार दुई सेट गुमाएपछि तेस्रो सेटमा पूरै नेपाली खेलाडीलाई अघि सारेका थिए । त्यो प्रयास पनि गुजरातका खेलाडीले बिफल तुल्याइदिए ।

गल्कोटबाट खेलिरहेका इरानी खेलाडी मोविन श्रीले यस अघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...