एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै


काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजोको खेलमा बाग्मती युथ क्लबलाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिकाले सान्त्वना जीत निकालेको थियो । एन्फा महिला लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ ।

आउँदो शनिवार दशरथ रङ्गशालामा हुने प्रतियोगिताको क्वालिफायर–१ मा एपीएफ र आर्मी खेल्नेछन् । त्यसअघि शुक्रवार इलिमिनेटरमा तेस्रो स्थानको पुलिस र चौथो स्थानको बाग्मती युथ क्लबले खेल्नेछन् ।

यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न सोमवार दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते दशरथ रङ्गशालामा हुनेछ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...