एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै


काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजोको खेलमा बाग्मती युथ क्लबलाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिकाले सान्त्वना जीत निकालेको थियो । एन्फा महिला लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ ।

आउँदो शनिवार दशरथ रङ्गशालामा हुने प्रतियोगिताको क्वालिफायर–१ मा एपीएफ र आर्मी खेल्नेछन् । त्यसअघि शुक्रवार इलिमिनेटरमा तेस्रो स्थानको पुलिस र चौथो स्थानको बाग्मती युथ क्लबले खेल्नेछन् ।

यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न सोमवार दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते दशरथ रङ्गशालामा हुनेछ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...