समाचार

‘राजनीतिक प्रतिशोधका नाममा एमालेलाई चलाउन खोजिए प्रतिवाद गर्छौं’ – सचिव विश्वकर्मा

‘राजनीतिक प्रतिशोधका नाममा एमालेलाई चलाउन खोजिए प्रतिवाद गर्छौं’ – सचिव विश्वकर्मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले राजनीतिक प्रतिशोधका गतिविधि स्वीकार्य नहुने बताएका छन । फागुन २१ गते प्रकट भएको जनमतलाई एमालेले स्वीकार गर्दै वर्तमान सरकारलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएको भन्दै उनले जनअपेक्षाअनुसार जनअभिमतको सम्मान हुने गरी काम गर्नुको साटो राजनीतिक प्रतिशोधमा लागेको आरोप लगाए ।बुटवलमा आयोजित एमाले रुपन्देही जिल्ला कमिटीको विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा बोल्दै विश्वकर्माले एमाले अध्यक्षमाथि हात हाल्ने काम गरिएको आरोप लगाउँदै त्यसलाई आफूहरूले प्रतिशोधपूर्ण कदमका रूपमा बुझेको बताए । त्यसलगत्तै पार्टीका उपाध्यक्षमाथिसमेत प्रतिशोध साध्ने काम भएको उनको आरोप थियो । ‘हामीले गुण र दोषका आधारमा सरकारसँगका धारणा तय गर्ने भनेका थियौं,’ उनले भने, ‘तर एमाले अध्यक्षमाथि हात हाल्ने काम गरियो । यो सिधै प्रतिश...
शाइन रेसुंगा र नबिलले जिते बेस्ट बैंक अवार्ड

शाइन रेसुंगा र नबिलले जिते बेस्ट बैंक अवार्ड

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलशाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.र नबिल बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् ।शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ । विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथ...
निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे ।साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ थियो ।अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति पनि चासो व्यक्त गरेका थिए ।‘कर्जाको ब्याजदर ऐतिहा...
तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वाडाहरु तथा स्वास्थ्य चौकी गरी ३८ स्थानहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान भएको छ।२०८२ माघ महिनामा कम्पनीको जिटुजि कार्यक्रम अन्तर्गत नगरपालिकाको सभाहलमा नेपाल टेलिकमको कर्पोरेट सेवा जानकारी तथा प्रस्ताव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो |सो कार्यक्रम लगत्तै नगरपालिकाको भवनमा १ जिबिपिएसको फाइबर टु हाेम सेवा जडान गरी संचालनमा रहेको थियो। ८२ जेष्ठ महिनामा उक्त नगरपालिका संग सबै वार्डहरु र स्वास्थ्य चौकीहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान गर्न सम्झौता भएको थियो।नगरका सबै ३८ स्थानहरुमा ८३ श्रावण देखि २सय एमपिविएस को सेवा जडान गरी सन्चालनमा ल्याईएको हो।वार्ड नं ४,६,१३,१४ तथा १२ वडाहरुमा नेटवर्क विस्तार र सेवा प्रवाह चुस्त गरी सेवा पुर्याएको हो।सबै स्थानीय निकाय र सरकारी निकायमा सरकार देखि सरकार कार्यक्रम, डिजिट...
८३ओैं जन्मजयन्तीकाे अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक” पुस्तक लाेकार्पण

८३ओैं जन्मजयन्तीकाे अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक” पुस्तक लाेकार्पण

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलजीवराज आश्रितकाे ८३ औं जन्मजयन्तीका अवसरमा "जीवराज आश्रितको वैचारिक आलाेक"( जीवनी,व्यक्तित्व र कृतित्व) पुस्तक एक समाराेहबीच साेमवार बुटवलमा लाेकार्पण सम्पन्न भयाे । पुस्तक लाेकार्पण गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य माननीय लिला गिरीले जीवराज आश्रित अनुशासित र पार्टीप्रति बफादार नेता हुनुहुन्थ्यो । गीरीले उहाँकाे जीवनी,व्यक्तित्व र कृतित्वका बारेमा जीवराज आश्रित स्मृति प्रतिष्ठानकाे अनुराेधमा डा.मुरारि पराजुलीले लेख्नु भएकाे पुस्तक पठनीय,सङ्ग्रहणीय रहेकाे उल्लेख गरे ।उनले सबै जनजनका बीच पुस्तक पुराएर आश्रितलाई सबैकाबीच पुराउनु आजकाे आवश्यकता रहेकाे समेत उनले बताए ।प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले पुस्तक प्रकाशन कठिन खाेजमूलक कार्य भएकाे हुँदा उक्त जटिलतालाई चिर्दै पुस्तक प्रकाशन हुनु प्रशंसनीय रहेकाे बत...
१३ वर्ष उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन पाइने

१३ वर्ष उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन पाइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं१३ वर्ष उमेर पुगेकाले बालबालिकाले जागिर (हलुका काम) खान पाउने भएका छन् । यस निम्ति बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ मा संशोधन गरिँदै छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दर्ता गरेको बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन संशोधन विधेयकको दफा ३ मा यस्तो व्यवस्था प्रस्तावित छ ।‘कसैले पनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित काममा बाहेक अन्य काममा लगाउनु हुँदैन,’ दफा ३ को उपदफा १ मा छ ।यहाँ स्पष्टीकरण खण्ड राखिएको छ । स्पष्टीकरणमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनको लागि ‘बालबिकाससँग सम्बन्धित काम’ भन्नाले बालबालिकाको शारीरिक वृद्धि र विकासका साथै मानसिक, बौद्धिक, संवेगात्मक, शैक्षिक र सामाजिक विकाससँग सम्बन्धित काम सम्झनु पर्छ ।’उपदफा २ मा १३ वर्ष पुगेकाले बालबालिकाले हलुका काम गर्न पाउने व्यवस्था प्रस्तावित छ ।‘उपदफा (१) मा जु...
रोल्पाको ल्रिवाङ केन्द्रविन्दु भएर गएराती भूकम्पको धक्का महसुस

रोल्पाको ल्रिवाङ केन्द्रविन्दु भएर गएराती भूकम्पको धक्का महसुस

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँरोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। ...
पेट्रोलियम पदार्थको बढ्यो मुल्य ,के मा कति ?

पेट्रोलियम पदार्थको बढ्यो मुल्य ,के मा कति ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंपेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आईतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । ...
सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।‘हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ,’ उनले भने ।सरकारले ...
पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँदक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूका अनुसार सेस्ना क्याराभान सि–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको हो ।विमानमा ११ जना पर्यटक र दुई जना चालक सवार थिए। पेरुको सरकारी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा दुई जर्मनी, दुई स्पेन र सात इटालीका नागरिक रहेका छन् । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी अधिकारीहरूले दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार हुने सम्भावना नरहेको बताएका छन् । हालसम्म चार जनाको शव फेला परिसकेको जनाइएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का रेखामाथि पर...