सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा



काठमाडौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।
‘हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ,’ उनले भने ।
सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे ।
डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औंल्याउँदै उनले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताए ।
‘सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन । जान्ने मानिसहरू सरकारबाहिर पनि छन् । निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । मैले पनि उहाँहरूसँग काम गर्ने र सिक्ने अवसर पाएको छु,’ सभापति थापाले भने, ‘उहाँहरूको ज्ञान, क्षमता र अनुभव उत्कृष्ट छ । नेपालीहरू संसारभर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्, नेपालभित्र पनि धेरै सक्षम जनशक्ति छन् । सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्छ ।’

संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको जानकारी समेत दिए ।

छुटाउनुभयो कि ?

सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

काठमाडौंनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा...
पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौँदक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।स...
वीरगञ्जमा हट्यो निषेधाज्ञा

वीरगञ्जमा हट्यो निषेधाज्ञा

काठमाडौँजिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओं) भोला दाहालका...
नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

काठमाडौंआन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना ...