खुल्न थाले नेपालका सरकारी वेबसाइट


बुटवल
वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।

अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत, राष्ट्र बैंकसहित अधिकांश सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । सोही अनुसार नेपालका सरकारी वेबसाइटहरू पनि खुलेका थिएनन् ।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षण सम्पन्न भएपछि एक हजार भन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनस् सामान्य रुपमा सञ्चालनमा आएका हुन् । बाँकी रहेका सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरू खटिएका छन् ।

केन्द्रका अनुसार यो कामका लागि दशैं बिदाको समयमा पनि कर्मचारीहरूले निरन्तर काम गरेका थिए ।

छुटाउनुभयो कि ?

खुल्न थाले नेपालका सरकारी वेबसाइट

खुल्न थाले नेपालका सरकारी वेबसाइट

बुटवलवेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालक...
विवादित अडियोबारे संसद खगेन्द्र सुनारको इन्कारी पत्र, छानबिन जारी

विवादित अडियोबारे संसद खगेन्द्र सुनारको इन्कारी पत्र, छानबिन जारी

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो संलग्नता अस्वीकार गर्दै पा...
बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बुटवलबंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको...
बुटवल जितगढीमा सराँय नाच

बुटवल जितगढीमा सराँय नाच

बुटवलपश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।लोपोन्मुख अवस्था र पहाड केन्द्...