एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै



काठमाडौं
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।
करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले व्यापक परिवर्तन ल्याएको छ ।

पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ । यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख तथा उपविजेताले ८० लाख प्राप्त गर्नेछन् ।

यस्तै, तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० र ३० लाख प्राप्त गर्नेछन् ।

छुटाउनुभयो कि ?

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौंतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ ।प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी ल...
हुथी र साउदीबीच द्वन्द्व बढ्दा करिब चार लाख नेपाली तनावमा

हुथी र साउदीबीच द्वन्द्व बढ्दा करिब चार लाख नेपाली तनावमा

काठमाडौंयमनको विद्रोही लडाकु हुथी समूहले यही कात्तिक ४ गते साउदी अरेबियाको अरामको तेल उत्पादन क्षेत्रमा गरेको ड्रोन आक्रमणमा ...
खुल्न थाले नेपालका सरकारी वेबसाइट

खुल्न थाले नेपालका सरकारी वेबसाइट

बुटवलवेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालक...
विवादित अडियोबारे संसद खगेन्द्र सुनारको इन्कारी पत्र, छानबिन जारी

विवादित अडियोबारे संसद खगेन्द्र सुनारको इन्कारी पत्र, छानबिन जारी

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो संलग्नता अस्वीकार गर्दै पा...