पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु



काठमाडौँ
दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूका अनुसार सेस्ना क्याराभान सि–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको हो ।
विमानमा ११ जना पर्यटक र दुई जना चालक सवार थिए। पेरुको सरकारी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा दुई जर्मनी, दुई स्पेन र सात इटालीका नागरिक रहेका छन् ।

दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरी अधिकारीहरूले दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार हुने सम्भावना नरहेको बताएका छन् । हालसम्म चार जनाको शव फेला परिसकेको जनाइएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का रेखामाथि पर्यटकलाई हवाई अवलोकन गराइरहेका बेला दुर्घटनामा परेको थियो ।

अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमान स्थानीय वायुसेवा कम्पनी एरोडियानाको थियो। कम्पनीले सम्बन्धित निकायको निर्देशनअनुसार आफ्ना उडान तालिकाको समीक्षा गर्ने जनाएको छ । नाज्का रेखा क्षेत्रमा पर्यटक विमान दुर्घटना हुने यो पहिलो घटना भने होइन । सन् २०२२ मा यस्तै एक सानो पर्यटक विमान दुर्घटनामा सात जनाको मृत्यु भएको थियो भने सन् २०१० मा भएको अर्को दुर्घटनामा छ जनाले ज्यान गुमाएका थिए ।

नाज्का रेखा पेरुको प्रमुख पर्यटकीय गन्तव्य हो । मरुभूमिको सतहमा हजारौँ वर्षअघि बनाइएका विशाल आकृतिका कारण यो क्षेत्र प्रसिद्ध छ । यसलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरेको छ । यी विशाल आकृतिको अवलोकन गर्न पर्यटकहरूले प्रायः साना विमानमार्फत हवाई भ्रमण गर्ने गर्छन् ।

छुटाउनुभयो कि ?

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लाग...
आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...