समाचार

सामाजिक न्याय र विभेदरहित सेवाका लागि देशभर मन्त्रालयको अभियान, स्थानीय तहसम्म निर्देशन

सामाजिक न्याय र विभेदरहित सेवाका लागि देशभर मन्त्रालयको अभियान, स्थानीय तहसम्म निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक न्याय, समान पहुँच र विभेदरहित सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले देशव्यापी अभियान अघि बढाएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा यो अभियान केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गरिने भएको हो। मन्त्रालयले लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछुत तथा सामाजिक बहिष्करणका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न विभिन्न सरकारी निकायबिच समन्वय प्रक्रिया तीव्र बनाएको जनाएको छ। नागरिकले राज्यका सबै निकायबाट समान, सम्मानजनक र विभेदरहित सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले गृह मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरिएको हो। मन्त्रालयको अनुरोधपछि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा सीमा प्रशासन कार्यालयलगायतका निकायलाई प...
कोलम्बियामा शक्तिशाली भूकम्प- मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

कोलम्बियामा शक्तिशाली भूकम्प- मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँकोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भवनहरू भत्किएर मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर १०३ किलोमिटर गहिराइमा भूकम्प गएको हो । यसको कम्पन पश्चिमी कोलम्बियाका साथै भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । सबैभन्दा बढी क्षति पेरेइरा क्षेत्रमा भएको छ । त्यहाँ कम्तीमा ४० जनाको मृत्यु, ६५ भवन भत्किएको र १५ भवनमा मानिसहरू पुरिएको आशंका गरिएको छ । कालीमा ३२ भवन भत्किएका छन् । मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रमा पनि मानवीय क्षति भएको छ । मानिजालेसमा मात्रै कम्तीमा दुई जनाको मृत्यु भएको छ । राजधानी बोगोटामा भवनमा चिरा परेको तथा रूख र सडक बत्ती हल्लिएको भए पनि ...
ग्यासका लागि बुटवलमा बिहानैदेखि लाइन, निगम-प्रशासन र उद्योगीले थाले वितरण

ग्यासका लागि बुटवलमा बिहानैदेखि लाइन, निगम-प्रशासन र उद्योगीले थाले वितरण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास वितरण गर्न थालेको छ । रुपन्देहीमा ग्यासको सहज आपूर्ति हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा विक्रेता संघबीचको सहमतिअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र सञ्चालनमा ल्याइएको हो । बुटवलमा वडा नम्बर ६ हाटबजारलाइनस्थित बालमन्दिर र भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरलाई वितरण केन्द्र बनाइएको छ । मंगलबार बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ । निगमले ग्यास वितरणमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा, किरियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकता दिएको छ । बुटवलमा ग्यास वितरणका लागि बुटवल, आरती, सिद्धार्थ, सिद्...
बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार
काठमाडौँपछिल्लो केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् । बागमती प्रदेश अन्तर्गत वीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि ...
सरकारसँगै छैन सुगौली सन्धिको आधिकारिक अभिलेख? परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिले उठायो गम्भीर प्रश्न

सरकारसँगै छैन सुगौली सन्धिको आधिकारिक अभिलेख? परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिले उठायो गम्भीर प्रश्न

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंनेपालको भूगोल, सार्वभौमसत्ता र कूटनीतिक इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने दुई महत्वपूर्ण सन्धिका आधिकारिक अभिलेखबारे सरकार नै अनिश्चित देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नेपालको ऐतिहासिक दस्ताबेज संरक्षण र अभिलेखीकरण प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसम्बन्धी केही दस्ताबेज सरकारसँग भए पनि ती सन्धिका आधिकारिक मूल अभिलेख सरकारसँग सुरक्षित छन् वा छैनन् भन्ने विषयमा एकीन जानकारी नरहेको बताएका हुन्।“हामीसँग केही दस्ताबेजहरू छन्, तर सन्धिको औपचारिक दस्ताबेज नै छन् कि छैनन् भन्नेबारे नेपाल सरकारसँग यकिन जानकारी छैन,” मन्त्री खनालको भनाइ थियो।किन महत्वपूर्ण छ सुग...
अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट

अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँअस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् । अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स...
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा सोमबार बुटवलमा म सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि.आर. घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, अग्रज पत्रकार नारायणप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले शाखाको आफुहरु आएपछि गरिएका विभिन्न कार्यहरुको जानकारीसंगै समीक्षा प्र...
राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा विभिन्न विषयमा गरेका पहललगायतका विवरण समेटिएको छ । संविधानअनुसार संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । ...
प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ ।राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ ब...
देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ। पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ। अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएक...