नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड



बुटवल
नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा सोमबार बुटवलमा म सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि.आर. घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, अग्रज पत्रकार नारायणप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले शाखाको आफुहरु आएपछि गरिएका विभिन्न कार्यहरुको जानकारीसंगै समीक्षा प्रस्तुत गरेका थिए ।


कार्यक्रममा खेम ओमी महिला सशक्तिकरण पत्रकारिता पुरस्कार – २०८१ बाट पत्रकार पूजा पन्थी र २०८२ बाट माया केसीलाई नगद राशी २१/२१ हजारसहित पुरस्कृत एवं सम्मानित भए । कार्यक्रममा प्रगति प्रतिवेदन रुपन्देही शाखा सचिव सीपी खनाल र कोषाध्यक्ष नरेश केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महासंघ रुपन्देहीका उपाध्यक्ष विस्वास ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको उपाध्यक्ष अस्मिना पाण्डेले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। ति...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँप...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेता...