बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध



काठमाडौँ
पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् ।

बागमती प्रदेश अन्तर्गत वीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ ।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, भोजपुरस्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
गण्डकी प्रदेशको लमजुङस्थित मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प छ । बागलुङको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर र सुदूरपश्चिमको बाजुरामा कर्णाली करिडोर अन्तर्गतको कालीकोट-हुम्ला सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा तय गर्न र जोखिमपूर्ण स्थानमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। ति...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँप...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेता...