ग्यासका लागि बुटवलमा बिहानैदेखि लाइन, निगम-प्रशासन र उद्योगीले थाले वितरण


बुटवल
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास वितरण गर्न थालेको छ । रुपन्देहीमा ग्यासको सहज आपूर्ति हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा विक्रेता संघबीचको सहमतिअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बुटवलमा वडा नम्बर ६ हाटबजारलाइनस्थित बालमन्दिर र भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरलाई वितरण केन्द्र बनाइएको छ । मंगलबार बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ ।

निगमले ग्यास वितरणमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा, किरियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकता दिएको छ ।

बुटवलमा ग्यास वितरणका लागि बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, त्रिशुल, जानकी, स्वस्तिक, चण्डेश्वरी र लुम्बिनी ग्यास उद्योगका सिलिन्डर उपलब्ध गराइएको निगमले जनाएको छ ।

ग्यास लिन उपभोक्ताहरू बिहानैदेखि बालमन्दिर परिसरमा पुगेका थिए । बिहान ८ बजेदेखि नै लाइन लागेका उपभोक्ता चर्को घाममा समेत ग्यास पाउने आशामा लामबद्ध देखिएका थिए । ग्यासको अभावका कारण घरायसी चुल्हो सञ्चालनमै समस्या भएपछि निगमले थालेको प्रत्यक्ष वितरणले तत्कालका लागि उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। ति...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँप...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेता...